दर्शकले किन ‘जोकर’ सँग तुलना गरिरहेछन् ‘सेल्फी किङ’ लाई? « Khabarhub

दर्शकले किन ‘जोकर’ सँग तुलना गरिरहेछन् ‘सेल्फी किङ’ लाई?


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्की फिल्म ‘सेल्फी किङ’ का कारण चर्चामा छन् । यो फिल्ममा उनले एक कलाकारको भूमिका निभाएका छन् ।

पोस्टर सार्वजनिक भएदेखि नै यो फिल्मको चर्चा शुरु भएको थियो । पोस्टरको लूक हलिउड फिल्म ‘जोकर’ सँग मिलेको भन्दै चर्चा चलेको थियो ।

कतिपयले यो फिल्म हलिउड फिल्म ‘जोकर’ बाट प्रभावित भएको आरोप समेत लगाएका छन् । यता निर्माता दिनेश राउत भने फिल्मको छायांकन ‘जोकर’ फिल्म रिलिज हुनुपूर्व नै भएको बताउँछन् ।

मंगलबार साँझ फिल्म ‘सेल्फी किङ’ को क्यारेक्टर झल्कने गरी टिजर सार्वजनिक गरियो । उक्त टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

यद्यपि फिल्मको टिजर हेरेर कतिपय दर्शकले यो फिल्म हलिउड फिल्म ‘जोकर’ बाट प्रभावित भएको आरोप लगाउन छोडेका छैनन् । कतिले भने विपिन कार्कीको क्यारेक्टर चार्ली चाप्निलको चरित्रसँग पनि मिलेको बताएका छन् ।

‘राम्रो काम, नेपाली फिल्म राम्रो बन्दै गइरहेका छन्, तर अरु फिल्मबाट प्रभावित भएको नहोस् है,’ एक प्रयोगकर्ताले युट्युबमा टिजर हेरेर प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले नेपाली जोकरका लागि विपिन कार्की सही अभिनेता भएको कमेन्ट गरेका छन् । धेरैले विपिन कार्कीको अभिनयको भने खुलेर तारिफ गरेका छन् ।

त्यसो त विपिनले चरित्रकै कारण ‘पशुपतिप्रसाद’, ‘छड्के’, ‘जात्रा’ जस्ता फिल्मबाट खुबै प्रशंसा बटुलेका थिए ।

एक प्रयोगकर्ताले भने यो फिल्म ‘जोकर’ को कपी भएको लेखेका छन् । अर्का प्रयोगकर्ताले पनि कमेन्ट थपेका छन्, ‘जोकर फिल्मको कपी हो जस्तो छ ।’

फ्यानले यसलाई ‘जोकर’ फिल्मको नेपाली ‘भर्सन’ भनिदिए पनि निर्माण टिमले भने यसलाई नेपाली मौलिक कथा भनेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको यो फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन् । फिल्ममा दिनेश राउत र सुभाष थापाको लगानी छ भने विशाल सापकोटाको लेखन तथा निर्देशन छ ।

फिल्म आउँदो माघ २४ गते प्रदर्शन हुँदैछ । कथा कस्तो छ, त्यो त रिलिजपछि मात्र थाहा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ३६ बजे

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’