नेपालले बनायो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन « Khabarhub

नेपालले बनायो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ ।

नेपालमा आयोजित १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत विहीवार(आज) भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको हो ।

यसअघि नेपालको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलाईमा बनाएको १७३ रन थियो ।

बिहीवार मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो।

यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको नटआउट नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो।

खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन् ।

तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे ।

मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए। यो खड्काको टी२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो ।

खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे।

उनले १७.४ ओभरमा ५३ बलमा शतक बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले नटआउट ४५ रन बनाए।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ५९ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित