दाँत स्वस्थ र चम्किलो बनाउँने घरेलु उपाय « Khabarhub

दाँत स्वस्थ र चम्किलो बनाउँने घरेलु उपाय


१९ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दाँत खानालाई चपाउन देखि शारीरिक सुन्दरताको लागि निकै महत्वपूरर्ण हुन्छ । मिलेका र सेता दाँतले व्यक्तिको व्यक्तित्वलाई असर पार्छ । खाना खाएपछि दाँत माँझ्दा पनि दात सफा र सेतो नहुने समस्या देखिन सक्छ । त्यसका लागि केही घरासयी उपायहरु छन् ।

दाँत सेतो बनाउँने घरायसी उपाय

तुलसीको पात : तुलसीको पातलाई घाममा सुकाउने । जब यो सुक्खा हुन्छ, त्यसलाई पिसेर पाउडर बनाउने । यस पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्ने । अर्को तरिका यसको पत्तालाई सर्स्यु को तेलमा मिलाएर दाँत सफा गर्ने ।

सुन्तला : सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्‍याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ ।

स्ट्रबेरी : स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । केही स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने । दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ । अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने र त्यसलाई पखाल्ने । त्यसपछि टुथपेस्टले सफा गर्ने ।

कागती–नुन : कागतीमा केही नुन मिलाउने र त्यसलाई दाँतमा रगड्ने । केही समय त्यसै छाडिदिने र पानीले धुने । केही हप्तासम्म दिनको दुईपटक यसो गर्ने ।

स्याउ : दैनिक एउटा ताजा स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ । यसलाई राम्ररी चपाएर खाने । यसमा एसिड र फाइबर हुने हुँदा दाँतलाई दह्रो बनाउँछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  १२ : २३ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।