३६ विधामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण हुँदै « Khabarhub

३६ विधामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण हुँदै


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा ‘रिद्धिसिद्धी सिमेन्ट दशौं एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण गर्ने भएको छ ।

महासंघले राजधानीमा पत्रकार सम्मेलन गरेर यही शुक्रबार आयोजना हुने अवार्ड कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ ।

महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघसंस्था तथा फर्म र कम्पनीहरुलाई अवार्ड कार्यक्रममार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घिसिद्घी सिमेन्ट (शंकर गु्रप)को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो ।

अवार्ड वितरणका लागि प्राविधिक विज्ञ प्रा.डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको महासंघले जनाएको छ । उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क, ख, ग र घ वर्ग) को मूल्याङ्कनका आधारमा स्वर्ण, रजत र कास्य गरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुनेछन् ।

यसैबीच महासंघले मंसिर २२ गते आइतबार बिहान १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरिसहित रक्तदान कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ४० बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको