त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा दुई विद्यार्थीलाई तीन/तीन पदक, पदकमा हुन्छ तीन तोला सुन « Khabarhub

त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा दुई विद्यार्थीलाई तीन/तीन पदक, पदकमा हुन्छ तीन तोला सुन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय त्रिविको ४५औँ दीक्षान्त समारोहमा दुई विद्यार्थीले तीन/तीन वटा पदक पाउने भएका छन् ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१।७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य र स्नातकोत्तर तह अर्थशास्त्रमा ३।८६ सिजिपिए अङ्क ल्याएका विद्यामान महताराले आगामी पुस ३ गते हुने दीक्षान्त समारोहमा तीन वटा पुरस्कार पाउने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार आचार्यले चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाउने भएका हुन् । चान्सलर पदक स्नातकोत्तरतर्फ प्रथम श्रेणीमा प्रथम भएकामा, त्रिवि प्राध्यापक स्वर्ण पदक र मानन्धर स्वर्ण पदक सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकामा प्रदान गर्न लागिएको हो । चान्सलर पदकमा करीब तीन तोला सुन रहेको हुन्छ ।

यसैगरी महताराले खगेन्द्रमान सिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउने छन् । उनले एमएमा सर्वोकृष्ट अङ्क ल्याएबापत उक्त पुरस्कार पाउने भएका हुन् ।

यसैगरी समारोहमा चार जना विद्यार्थीले दुई/दुई पदक पाउने भएका छन् । सहनियन्त्रक अधिकारीका अनुसार सङ्गीता महर्जन, थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुई/दुई वटा पुरस्कार पाउने भएका हुन् ।

रसायनशास्त्र विभागबाट एमएस्सीमा ३।९८ सिजिपिए अङ्क ल्याएकी महर्जनले अमृत पदक, पिएलसिंह पदक, स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याएका गौतमलाई ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाउने भएका हुन् ।

यसैगरी शंकरदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तह बिबि०मा ३।९३ सिजिपिए अङ्क ल्याउने खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक तथा मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२।१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसकी विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाउने भएका छन् ।

समारोहमा ‘त्रिवि प्राध्यापक सङ्घका उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक–२०७५’ बाट व्यवस्थापन सङ्काय एमफिल तहमा सर्वोकृष्ट अङ्क ल्याउने सिर्जना पहारीलाई प्रदान गरिन लागेको हो । उनले जनप्रशासन केन्द्रीय विभागबाट ३।७५ सिजिपिए अङ्क ल्याएकी थिइन् ।

सोही अवसरमा उत्कृष्ट अङ्क ल्याउने ३१ विद्यार्थीलाई पदक वितरण गरिनेछ । समारोह त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुनेछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ५७ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको