प्रधानमन्त्रीले मुस्कुराउँदै भने– अब म घर जाँदै छु « Khabarhub

प्रधानमन्त्रीले मुस्कुराउँदै भने– अब म घर जाँदै छु

अस्पतालबाट १० दिन पछि बालुवाटार फर्किए ओली


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

करिब १० दिनको बसाइ पछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरेका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएसँगै प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् ।

गत मंगलबार (मंसिर) १० गते पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन काडियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएपछि चिकित्सकहरुले उनको मंसिर १० गते नै शल्यक्रिया गरेका थिए ।

एपेन्डिक्सको शल्यक्रिया पछि प्रधानमन्त्री ओली १० दिन अस्पताल बसे ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा प्रधानमन्त्री ओलीले आफू निको भएर घर जान लागेको बताए ।

‘स्वास्थ्यमा सुधार भएर, राम्रो भएर म घर जाँदै छु,’ प्रधानमन्त्री ओलीले मुस्कुराउँदै भने ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ३ : ५० बजे

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका