पर्यटन वर्षलाई लक्षित गरी रत्ननगर महोत्सव आयोजना हुने « Khabarhub

पर्यटन वर्षलाई लक्षित गरी रत्ननगर महोत्सव आयोजना हुने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भ्रमण वर्षको सङ्घारमा पूर्वी चितवनमा रत्ननगर महोत्सव, २०७६ हुने भएको छ । रत्ननगरको टिकौलीमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको हो ।

उद्योग वाणिज्य सङ्घ रत्ननगरले महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव मूल आयोजक समितिले बिहीबार सौराहामा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक राजाराम रेग्मीले महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीय तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन ५०० स्टल रहने जानकारी दिए ।

महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिँचाइ प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिन लागिएको जनाइएको छ ।

जिल्लाको सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोक सांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने भएको छ । मेलामा ५ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड हाराहारीको कारोवार हुने अपेक्षा गरिएको महोत्सवको आर्थिक समितिका संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिए ।

महोत्सव सभ्य र भव्य बनाउन मूल समिति, स्टेयरिङ कमिटी, सल्लाहकार समितिलगायत विभिन्न कार्यका लागि ४१ वटा कार्यगत समितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

विगतमा जस्तै महोत्सवअन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा ‘फुड फेष्टिबल’ र ‘चिकेन एण्ड एग फुड फेष्टिबल’को आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ५८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना