कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गरिने « Khabarhub

कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गरिने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच बिहीबार समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २ हजार ५०० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सम्बन्धमा सो समझदारीपत्रमा हस्ताक्षर गरे । विस्तृत अध्ययनपश्चात् एक महिनाभित्र सम्झौता गरिसक्ने समझदारीमा उल्लेख छ ।

प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशीलाका रुपमा सूचना महामार्ग निर्माणलाई अघि बढाइएको बताउँदै निर्धारित समयमै कार्यसम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि यो आयोजना अति महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता आयोजनाले मुलुकमा प्राविधिक र आर्थिक रुपान्तरण ल्याउन मद्दत गर्ने बताए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्ग, जिल्ला सदरमुकाम र नगरपालिकालाई समेत यस आयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्ने लक्ष्य रहेको छ ।

नेपाल टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्नुका साथै ती दुई प्रदेशसहित बाँके र बर्दिया गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।

त्यस आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ ।

त्यसका साथै आवश्यकताअनुसार ४०० गिगाविटप्रति सेकेण्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाविटप्रति सेकेण्ड क्षमताका पोर्ट तथा १० गिगाविटप्रति सेकेण्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । यस अप्टिकल फाइबर सञ्जालमा करिब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउने छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ४० बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’