राजपा नेता राजेन्द्र महतो बने काठमाडौंको सम्धी « Khabarhub

राजपा नेता राजेन्द्र महतो बने काठमाडौंको सम्धी


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतो काठमाडौंका सम्धी बनेका छन् ।

संविधान जारी हुँदाको बेला मधेसमा जारी आन्दोलनका बीच भारतसँगको नाका गएर ‘काठमाडौंको दानापानी बन्द गरिदिने’ धम्की दिएका महतोले अन्ततः काठमाडौंको रैथाने नेवार परिवारकी छोरीलाई बुहारीको रुपमा भित्र्याएका छन् ।

महतोका छोरा राघवेन्द्र महतोले काठमाडौं डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधरसँग विवाह गरेका हुन् ।

बिहीबार काठमाडौंको एक होटेलमा भएको विवाह समारोहमा विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधि, पत्रकार र व्यवसायीहरु सहभागी भएका थिए ।

महतोका छोराको विवाहमा सहभागी भएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महातोका छोराको विवाहलाई ‘पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’का रुपमा अर्थ्याएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले फेसबूकमा लेखेका छन्– राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौंकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न शुवविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन !

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ९ : ५६ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा