मधेशमा विपत्तिको श्रृंखला : बाढी, डुबान, शीतलहर, लू, आगलागी र भूमरी | Khabarhub Khabarhub

मधेशमा विपत्तिको श्रृंखला : बाढी, डुबान, शीतलहर, लू, आगलागी र भूमरी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षेनी तराईका जिल्लामा विभिन्न प्राकृतिक प्रकोपका घटना देखिने गरेका छन् । यिनै घटनालाई मधेशमा विपत्तिको श्रृंखलाः बाढी, डुबान, शीतलहर, लू, आगलागी र भूमरी शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचारका रुपमा छापेको छ ।

त्यस्तै कोसी बाढीका १० वर्ष, राहतको ३६ करोड अझै सरकारी खातामा रहेको समाचारमा जनाइएको छ । सुर्खेतका बाढीपडितको विचल्ली, पाँच वर्स वित्यो तथ्यांक संकलन भए पनि पालमुनिको बासबाट छुटकारा पाउन नसकिएको उल्लेख गरिएको छ ।

१० वर्षमा फेरिए १० प्रधानमन्त्री, सुरसरीमा फेरिए १० सिडिओ तर पीडितको दशा उस्तै रहेको समाचारमा जनाइएको छ । त्यसैगरी सिरहाको आगलागी भएको पाँच वर्ष वित्यो अझै पीडितका घर बन्न नसकेको र घरबार विहीनलाई जम्मा २५ हजारमा टारिएको उल्लेख गरिएको छ ।

यता दाङको व्यथालाई पनि ‘बखरियामा बाढी आइरहन्छ, राहत आउँदैन शीर्षकमा समाचार समेटिएको छ ।

त्यस्तै नयाँ पत्रिकाले एसइई प्रश्नपत्र प्रहरीले झिके, शिक्षकले चुहाए शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

प्रदेश २ मा माधयमिक श्रिक्षा परीक्षाको प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी काया्र्रलय कल्याणपुरबाट बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । १४ र १५ चैतमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थागति गरिएको थियो ।

त्यसै पत्रिकाले कांग्रेस असन्तुष्ट जिल्ला सभापतिको भेलाको समाचारलाई पनि पहिलो पृष्ठमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने चेतावनी शीर्षकमा समाचार छापिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : ०० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’