न्यायालयदेखि कार्यालयसम्मै बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती « Khabarhub

न्यायालयदेखि कार्यालयसम्मै बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले यातायात व्यवस्था कार्यालयमा हुने गरेको अनियमितता तथा बेथितिको समाचारकालाई ‘सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती’ मुख्य समाचारका रुपमा छापेको छ ।

कार्यालय समय शुरु हुनुअगावै सेवाग्राहीको भीडले यातायात व्यवस्था कायाृलय चावहिल र स्वयम्भूस्थित सानो भ¥याङमा बाक्ले चहलपहल हुने गर्छ । सेवाग्राहीहरु काम फत्ते गर्न सरकारी कर्मचारीको भन्दा बिचौलियाको सम्पर्कमा जाने गरेको समाचारमा उल्लेख गरिएको छ ।

सित्तैमा अनलाइन फार भर्न ३ सय तिर्न बाध्य हुने गरेको पाइन्छ । यहाँको बेथिति रोक्न सम्भव रहेको बिज्ञहरुले बताइरहँदा सम्बन्धित निकायले भने बेवास्ता गरेको जनाइन्छ ।

त्यस्तै राजधानी दैनिकले गल्लीपिच्छे ‘कोचिङ सेन्टर, ब्रिजकोर्सको नाममा चर्को शुल्क शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । संघीय राजधानीदेखि प्रदेश मुकाम र जिल्ला मुकामहरुमा गल्लीपच्छिे खुलेका कोचिङ सेन्टरहरुले चर्को शुल्क लिएर विद्यार्थीलाई गडी गरेको पाइएको छ । यसमा माफियाहरुको हवाी हुने गरेको, नियमन फितलो भएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै गरी रोकिएन सुन तस्करी, ६ किलो सुनसहित ४ भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेको समाचारलाई पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

न्यायाधीश नै बिचौलिया पीडित बनेका छन् । जिल्ला र उच्च अदालतका न्यायाधीशहरुले आफूहरु कानून व्यवसायी र बिचौलिबाट पीडित हुनुपरेको गुनासो गरिरहेको समाचारमा जनाइएको छ । न्यायाधीशहरुको नाममा हुने बिचौलियाले न्यायापािलकाप्रति जनआस्था बढाउनुभन्दा बदनाम मात्रे गराएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : १७ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता