नन्दिताको कमब्याक फिल्म हलमा नलागी सीधै युट्युबमा « Khabarhub

नन्दिताको कमब्याक फिल्म हलमा नलागी सीधै युट्युबमा


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक जमानाकी व्यस्त नायिका नन्दिता केसी अमेरिका भासिएपछि नेपाली फिल्म क्षेत्रबाट टाढा छिन् । लामो समयको ग्यापपछि उनले अभिनय गरेको फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा रिलिज नभई सीधै युट्युबमा रिलिज भएको छ ।

ईश्वर थापाले निर्देशन गरेको यो फिल्म वितरकसँग कुरा मिल्न नसक्दा युट्युबमा रिलिज गरिएको हो ।

यो फिल्म अमेरिका र क्यानडामा बस्ने नेपालीहरुमाझ पहिले नै रिलिज भइसकेको छ । बाहिर रिलिज गर्दा नै फिल्मले झण्डै ८० प्रतिशत लगानी उठाइसकेको बताइएको छ ।

बाबु बोगटी, नन्दिता केसी, एहशान ढकाल, स्मृति पोखरेल लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मलाई राजेश गुरुङ, मञ्जु राना, सञ्झना उप्रेती लगायतले निर्माण गरेका हुन् ।

फिल्ममा अमेरिकामा बस्दै आएका नेपालीको कथालाई कथानक बनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा