नेपाली सेनाले स्वास्थ्य चौकीमा बनायो अपाङ्गमैत्री शैचालय | Khabarhub Khabarhub

नेपाली सेनाले स्वास्थ्य चौकीमा बनायो अपाङ्गमैत्री शैचालय


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– नेपाली सेनाले दाङ राजपुर गाउँपालिका–३  प्रतापुरमा रहेको बेला स्वास्थ्य चौकीमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाद्वारा दुईकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरिएको हो ।

अपाङ्गता भएका बिरामीलाई सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको गणका प्रमुख सेनानी सुमन थापाले बताए । मध्यपश्चिम पृतना हेटक्वार्टरको ‘क्वाइक इम्प्याक्ट प्रोजेक्ट’को रु दुई लाख र रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाको १८ दिनको श्रमद्धानबाट शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका थिए । शौचालय स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष केसीले विकास निर्माणमा नेपाली सेना अग्रपङ्तिमा रहेको भन्दै उहाँले उक्त कार्यको प्रशंसा गरेका थिए  ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १ : ३७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास