किवी अर्थात् ठेकीफलको खेती, मनग्य आम्दानीको सजिलो स्रोत « Khabarhub

किवी अर्थात् ठेकीफलको खेती, मनग्य आम्दानीको सजिलो स्रोत


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


फिदिम– पाँचथरको याङवरक गाउँपालिका–५ नागीका कृषक खड्गबहादुर लक्सम वर्षेनी  ८० हजारदेखि १ लाख मूल्यको किवी (ठेकीफल) बिक्री गर्छन् ।

उनको घर छेउमै सडक पुगेको छ । झापाको विर्तामोडका व्यापारी गाडी लिएर किवी खरीद गर्न उनको घरमै आइपुग्छन् । जम्मा एक पाटो बारीमा किवीको खेती गरेका लक्समले भने, “वर्षेनी  ८० हजारदेखि एक लाख मूल्यको किवी बेच्दै आएको छु ।”

राम्रो मूल्य प्राप्त हुने किवीको खेती गर्न साह्रै सहज छ । “एक पाटो बारीमा खेती लगाएको छु । शुरुमा चाँङ बनाउन अलि गाह्रो हुने हो । त्यसपछि कुनै समस्या छैन,” लक्समले भने ।

वरीपरी अलैँचीको खेती गरेका लक्समले एक पाटो बारीबाटै झन्डै एक लाख रुपैयाँ आम्दानी गर्नु ठूलो कुरा भएको बताउँछन् । “मूल्य राम्रो नहुँदा अलैँचीमा धेरै फाइदा छैन” लक्समले भने, “किवीमा राम्रो फाइदा छ । यसको खेती अझै बढाउने सोचेको छु ।”

मौसमी फलफूल भए पनि किवी लटरम्मै फल्ने गर्दछ । त्यसैले यहाँका कृषकहरुको आकर्षण यसप्रति दिनानुदिन बढ्दो छ । अलैँची र किवीको एकै ठाँउ खेती लगाएका पाँचथरको फिदिम नगरपालिका–१२ जरिङ्गेका सन्तोष गुरुङ किवी खेती गर्न सहज रहेको र प्रशस्तै आम्दानी मिल्ने गरेको बताउँछन् ।

“सीमित खेती गरेपनि राम्रो आम्दानी लिइरहेको छु । विस्तारै किवीको खेती विस्तार गर्नुपर्ला” गुरुङले भने, “धेरै मेहिनत गर्नु नपर्ने, राम्रो आम्दानी मिल्ने भएकाले हाम्रो क्षेत्रका धेरै कृषक किवीतर्फ आकर्षित छन् ।”

कृषकहरुका अनुसार व्यापारीले किवीको दानाको आकारका आधारमा मूल्य दिने गरेका छन् । याङवरकका कृषक लक्समका अनुसार प्रतिकिलो रु १०० देखि ३०० सम्ममा किवी घरैबाट बिक्री हुने गरेको छ । “मैले यस वर्ष सरदरमा प्रतिकिलो रु १७५ ले किवी बिक्री गरेँ” उनले भने “मूल्यसँग सन्तुष्ट नै हुनु परेको छ ।”

मूल्य कम भए पनि खेती सहज हुँदा कृषकहरु किवी खेतीतर्फ निरन्तर आकर्षित छन् । पाँचथरमा किवीको व्यावसायिक खेती शुरुआत भएको लामो समय भएको छैन ।

कृषकहरुले परीक्षणका रुपमा किवी खेती थालेका थिए । तर सन्तोषजनक मूल्य पाएपछि उनीहरु हर्षित छन् । किवीको मूल्य विगतमा प्रतिकिलो रु ४०० सम्म समेत पुगेको थियो । तर उत्पादन बढेसँगै मूल्य घट्दै गयो । यद्यपि हालको मूल्यमा समेत कृषकहरु सन्तुष्ट देखिएका छन् ।

राँके बजारका व्यापारी चन्द्रवीर तामाङ प्रतिकिलो २०० रुपैयाँ हाराहारीमा आफूले किवीको बिक्री गर्ने गरेको बताउँछन् । कृषि प्राविधिकका अनुसार समुद्र सतहदेखि एक हजार ५०० मिटरदेखि २ हजार ५०० मिटरसम्मको उचाइमा किवी खेती गर्न उपयुक्त मानिन्छ ।

पाँचथरको किवी खेती इलामबाट बढी प्रभावित छ । इलामका कृषकले किवी खेतीलाई व्यावसायिक बनाएसँगै सीमावर्ती पाँचथरमा समेत यसको खेती ह्वात्तै बढेको हो । पाँचथरको फिदिम नगरपालिकासहित याङवरक, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ गाँउपालिकाका अधिकांश वडामा किवी खेती हुने गरेको छ ।

किवी खेती हुने क्षेत्रफलबारे यकिन सरकारी तथ्याङ्क भने छैन ।

–रवीन्द्र काफ्ले/रासस

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १ : ५८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले