बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ « Khabarhub

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नहुने ठोकुवा गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वदलीय बैठकलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन्।

उनले ‘नहुने चुनावबारे छलफल गरेर किन समय खेर फाल्नु’ भन्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेका थिए। दलहरूलाई बाहिर निस्केर जनतासामु पुग्ने वातावरण बनाउन नसकेको सरकारले चुनाव गर्न नसक्ने उनको टिप्पणी थियो। केही समयअघि बाराको सिमरामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पार्टीको कार्यक्रममा सहभागी हुनै नदिने गरी जेनजी प्रदर्शन गरिएकोबारे पनि उनले प्रश्न उठाए।

‘एमालेले सिमरा घटनाको प्रसङ्ग निकाल्दै कफ्र्यु लागेको र सुरक्षा निकायले पनि सरेन्डर गरेको भन्दै नहुने निर्वाचनको विषयमा किन छलफल गर्नुप¥यो भन्यो‚’ ती नेताले भने‚ ‘दलहरूले गतिविधि गर्न पाएका छैनन् । चुनावको वातावरण छैन अनि कसरी हुन्छ चुनाव भन्दै महासचिव पोखरेल बैठकमा बोले।’

एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोक्ने विषयमा पनि कडा आपत्ति जनाएको थिया। ‘प्रमुख दलको अध्यक्षलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोजेको हो?’ महासचिव पोखरेलको प्रश्न थियो।

बैठकमा एमालेले विदेशबाट मतदान गर्ने विषयलाई पनि स्वीकार गर्न नसक्ने स्पष्ट पारेको छ। बाहिरी भोटिङको विश्वसनीयता र वैधता माथि एमालेले प्रश्न उठायो। महासचिव पोखरेलले अहिलेको चुनावमा विदेशबाट मतदान गर्ने विषय सम्भव नहुने बताएका थिए।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १० : ५३ बजे

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज