बिरामी जाँच्ने डाक्टरले अस्पताल बन्द गरे, उपचार गर्न कहाँ जानु ? « Khabarhub

बिरामी जाँच्ने डाक्टरले अस्पताल बन्द गरे, उपचार गर्न कहाँ जानु ?


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बिरामी पत्नी लिएर नुवाकोटबाट आएका राजन पाठन शुक्रबार वीर अस्पतालको बन्द रहेको टिकट काउन्टर अगाडि थिए ।

उनको पत्नीको पेटमा घाउँ भएको छ । जिल्ला अस्पताल नुवाकोटले काठमाडौंको वीर अस्पतालमा जँचाउन रेफर गरेपछि पाठक पत्नी लिएर शुक्रबार बिहानै वीर अस्पताल आए । तर अस्पताल आउँदा थाहा पाए, चिकित्सकहरुले नै अस्पतालको काउन्टर बन्द गराएका रहेछन् ।

‘बुढीको उपचार गर्न नुवाकोटदेखि आएको थिएँ, डाक्टरहरुको हड्ताल छ रे, टिकट नै बन्द रहेछ,’ पाठकलले खबरहबसँग भने, ‘केही समय कुरे, तै पनि खुलिहाल्छ कि भनेर यहि बसिरहेको छु ।’

पाठककै छेउमा लम्जुङका ९० वर्षीया देवी गुरुङ बिहीबार उपचारकै लागि काठमाडौं आए । बिहीबार राति होटलमै बसेका गुरुङ चेकजाँच गराएर शुक्रबार नै घर फर्किने योजनामा थिए । तर, अस्पतालमा उपचारको लागि टिकट नै नपाएपछि गुरुङ मलिन अनुहारमा वीर अस्पतालमा बसिरहेका देखिए ।


‘मलाई सुगर, प्रेसर धेरै थरि रोग छ बा, यहाँ जँचाउन आएको अहिलेसम्म टिकट नै लिन पाएको छैन,’ गुरुङले गुनासो गरे,  ‘बुढो मान्छे बल्ततल्त अस्पताल आइपुगेको, जँचाउने डाक्टर नै आन्दोलनमा छन् रे, उपचार गर्नै नपाउने भयो । बिरामी जाँच्ने डाक्टरले अस्पताल बन्द गरेपछि अब कहाँ जानु ?’

अस्पताल बन्द भइरहदा पनि सरकार चुप लागेको उनको गुनासो छ । उनी भन्छन्, ‘अस्पताल बन्द हुनु भनेको धेरै दुःखको कुरा हो, सरकार के गर्दैछ होला ?’

ताहाचलदेखि आएका ८० वर्षका तुलसी प्रसाद घिमिरे मधुमेह (सुगर)का बिरामी हुन् । सुगर परीक्षण गर्न बिहानै वीर अस्पताल आएका उनी लौरोको साहरामा बन्द रहेको टिकट काउन्टर अगाडि उभिएका थिए ।

‘सुगर जँचाउन भनेर आएको, टिकट काउन्टर नै खुलेको छैन रहेछ, अस्पताल बन्द गर्न नहुँने हो । अहिलेसम्म किन खुलेन खै ?,’ घिमिरेले भने, ‘यहाँ खुलेन भने त नजँचाइ घर फिर्कनु पर्छ ।’

यी तीनजना बिरामी त प्रतिनिधि पात्र मात्रै हुन् । विभिन्न जिल्लाबाट स्वास्थ्य परिक्षणका लागि आएका सयौं बिरामीहरु अस्पताल बन्द हुँदा उपचार नै नगरी फर्किन बाध्य छन् ।

बिरामीहरु बन्द रहेको टिकट काउन्टर खुल्छ कि भनेर कुर्दै गर्दा चिकित्सकहरु भने अस्पताल परिसरमा ब्यानर र प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् ।  संघीयताअनुसार स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सूची सार्वजनिक भएपछि आफूहरुको माग पूरा नभएको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गराएका छन् ।

सरकारले आफूहरुसँग प्रतिबद्धता गरेर माग भने पुरा नगरेकाले अनिश्चितकालिन अस्पताल बन्द गरेको गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘हाम्रो माग पूरा नगरेकाले आज (शुक्रबार)देखि हामीले देशभरका सरकारी अस्पतलाको आकस्मिक बाहेकको सेवा बन्द गराएका छौं, काठमाडौं लगायत देशभरका सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवा ठप्प छ,’ डा पाण्डेले भने, ‘हाम्रो बन्दको कार्यक्रम अनिश्तिकालीनन हो, माग पूरा भएपछि मात्रै अस्पताल खुल्छ ।’

सरकारी चिकित्सक संघ (गोदान) ले प्रधानमन्त्री स्वयंले गरेको प्रतिबद्धता र सहमती विपरित सरकारले असमान र अवैज्ञानिक ढंगले चिकित्सकको समायोजन गरेको अरोप समेत लगाएको छ ।

आफूहरुको मागप्रति सरकारले वेवास्ता गरे सबै सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने डा पाण्डेको भनाइ छ ।  सरकारले विहीबार अस्पतालको क्षेत्रमा हड्ताल गर्न नपाई निर्णय सार्वजनिक गरेपछि देशभरका सरकारी अस्पतालको सेवा भने प्रभावित छ । सरकारको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरु भने आन्दोलनमा उत्रिएका छन् ।


तस्वीरहरु– कृष्ण खत्री

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  २ : ५६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील