बेलायतमा कार्यरत नेपाली सैनिकको अधिकारका लागि कुटनीतिक पहल गर्न आग्रह | Khabarhub Khabarhub

बेलायतमा कार्यरत नेपाली सैनिकको अधिकारका लागि कुटनीतिक पहल गर्न आग्रह


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसंग आग्रह गरेका छन् ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा नेता श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकले उठाउदै आएको माग उनीहरुको व्यक्तिगत हक अधिकारको विषय नभई नेपालको स्वभिमानको लडाई भएको हुँदा कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सत्तारुढ दलका नेता श्रेष्ठले बेलायतस्थित नेपाली राजदूत, बेलायती सरकार समेत सहभागी भएर तयार पािरएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायति सरकारसँग औपचारिक कुटनीतिक पहल गर्नुपर्ने बताए ।

उनले भने,‘नेपालीको तर्फबाट नेपालको राजदूत पनि सहभागी भएको र ब्रिटिस सरकारकै तर्फबाट पनि सहभागी भएर तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न औपचारिक कुटनीतिक पहल कदमी ब्रिटिस सरकारसंग गर्नुपर्छ ।  दुई सरकारबीच उच्चस्तरीय वार्ता गरेर ब्रिटिश सेनामा कार्यरत नेपाली सैनिकहरुको समान अधिकारको लडाईलाई सफलताको विन्दुमा पुर्‍याउनुपर्छ । न्यायोचित अधिकार हरहालतमा प्राप्त गर्ने पहल कदमी सरकारले अबिलम्ब अगाडि बढाउनुपर्छ ।”

नेपाली भएकै कारण शोषित, पीडीत र अन्यायमा परेका कारणले नेपालका लागि गरिएको लडाई भएकाले गेसोले उठाउँदै आएको विषय नेपालको स्वाभिमान र राष्ट्रिय सार्वभौमसत्तासंगको लडाई भएको टिप्पणी गरे ।

कार्यक्रममा गोरखा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्ण कुमार राईले नेपाली सैनिकलाई पनि बेलायति सेना सरहनै सम्मानजनक व्यवहार गर्ने गरी त्रिपक्षीय वार्ताबाट मार्च २२, २०१८ तयार भएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । उनले सो प्रतिवेदन तयार पार्दा नेपाल सरकारको तर्फबाट बेलायतस्थित नेपाली राजदूत पनि सहभागी भएकाले प्रतिवेदन कार्यान्वयनमा आवश्यक पहल कदमी गर्न नेपाल सरकारसँग आग्रह गरेका थिए ।

बेलायती सेनामा कार्यरत नेपाली सैनिकहरुले वेलायति सेना सरहनै सेवा सुविधा र सम्मानजनक व्यवहार गर्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ३ : १६ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा