बेलायतमा कार्यरत नेपाली सैनिकको अधिकारका लागि कुटनीतिक पहल गर्न आग्रह « Khabarhub

बेलायतमा कार्यरत नेपाली सैनिकको अधिकारका लागि कुटनीतिक पहल गर्न आग्रह


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसंग आग्रह गरेका छन् ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा नेता श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकले उठाउदै आएको माग उनीहरुको व्यक्तिगत हक अधिकारको विषय नभई नेपालको स्वभिमानको लडाई भएको हुँदा कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सत्तारुढ दलका नेता श्रेष्ठले बेलायतस्थित नेपाली राजदूत, बेलायती सरकार समेत सहभागी भएर तयार पािरएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायति सरकारसँग औपचारिक कुटनीतिक पहल गर्नुपर्ने बताए ।

उनले भने,‘नेपालीको तर्फबाट नेपालको राजदूत पनि सहभागी भएको र ब्रिटिस सरकारकै तर्फबाट पनि सहभागी भएर तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न औपचारिक कुटनीतिक पहल कदमी ब्रिटिस सरकारसंग गर्नुपर्छ ।  दुई सरकारबीच उच्चस्तरीय वार्ता गरेर ब्रिटिश सेनामा कार्यरत नेपाली सैनिकहरुको समान अधिकारको लडाईलाई सफलताको विन्दुमा पुर्‍याउनुपर्छ । न्यायोचित अधिकार हरहालतमा प्राप्त गर्ने पहल कदमी सरकारले अबिलम्ब अगाडि बढाउनुपर्छ ।”

नेपाली भएकै कारण शोषित, पीडीत र अन्यायमा परेका कारणले नेपालका लागि गरिएको लडाई भएकाले गेसोले उठाउँदै आएको विषय नेपालको स्वाभिमान र राष्ट्रिय सार्वभौमसत्तासंगको लडाई भएको टिप्पणी गरे ।

कार्यक्रममा गोरखा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्ण कुमार राईले नेपाली सैनिकलाई पनि बेलायति सेना सरहनै सम्मानजनक व्यवहार गर्ने गरी त्रिपक्षीय वार्ताबाट मार्च २२, २०१८ तयार भएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । उनले सो प्रतिवेदन तयार पार्दा नेपाल सरकारको तर्फबाट बेलायतस्थित नेपाली राजदूत पनि सहभागी भएकाले प्रतिवेदन कार्यान्वयनमा आवश्यक पहल कदमी गर्न नेपाल सरकारसँग आग्रह गरेका थिए ।

बेलायती सेनामा कार्यरत नेपाली सैनिकहरुले वेलायति सेना सरहनै सेवा सुविधा र सम्मानजनक व्यवहार गर्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ३ : १६ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका