कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ « Khabarhub

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार बताएको छ । डब्ल्यूएचओले भनेको छ, ‘सङ्गठनले अझै पनि उत्तरपूर्वी डीआरसीलाई घेर्ने बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ ।’

विश्व स्वास्थ्य सङ्गठनका अफ्रिका आपतकालिन प्रमुख मेरी रोजलिन बेलिजेयरले भने, ‘प्रकोप अझै पनि गम्भीर छ र यो तीव्र गतिमा फैलिइरहेको छ । मैले यस्तो अवस्था देखेको छु जुन हरेक दिन विकराल हुँदै गएको छ ।’

उनले जेनेभा भेला भएका पत्रकारहरूलाई जानकारी दिँदै डिआरसीको इतुरी प्रान्तको राजधानी बुनियाबाट भने ।प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण फैलिएको हल्लाका बावजुत पनि केही समयसम्म सङ्क्रमण पत्ता लागेको थिएन तर मे १५ मा इबोला सङ्क्रमणको प्रकोपको घोषणा गरिएको थियो ।

यो भाइरसको सङ्क्रमण दुर्लभ ‘बुन्डिबुग्यो स्ट्रेन’को कारण हुन्छ, जसको उपचारको लागि कुनै खोप छैन ।डब्ल्युएचओको पछिल्लो अपडेट अनुसार कङ्गोमा अहिलेसम्म ८९६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये २३२ जनामा सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। शुक्रबारसम्मको पछिल्लो २४ घण्टामा थप २१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।

कङ्गोमा अस्पतालमा पुगेका ज्ञात सङ्क्रमितमध्ये ९० प्रतिशत भन्दा बढी द्वन्द्वग्रस्त प्रान्त इतुरीमा छन् । यो प्रकोप उत्तरी किभु र दक्षिण किभु प्रान्तहरूमा पनि फैलिएको छ ।

बेलिजेयरले भने, ‘महामारी निकै छिटो फैलिइरहेको छ डब्ल्युटिओले भाइरसलाई नियन्त्रणमा राख्न बेजोड पहलहरू गरिरहेको छ । यो भाइरस निकट सम्पर्क र सङ्क्रमित व्यक्तिको शरिरबाट निस्कने तरल पदार्थका माध्यमबाट सर्छ।’

इबोलाका बिरामीहरूका लागि उपलब्ध उपचार शैयाहरूको सङ्ख्या शून्यबाट ५०० भन्दा बढी पुगेको उनले भने । निगरानी टोलीहरूले अब लगभग ४०० सम्भावित सङ्क्रमित व्यक्तिको अवस्थाबारे अनुसन्धान गरिरहेका छन् । ‘आफूहरूले एक दिनमा दुई हजारभन्दा बढी परीक्षणहरू गर्न सक्षम छन्,’ उनले भने ।

बेलिजाइरले भने, ‘सम्पर्कमा स्वास्थ्य संस्था तथा शिविरहरूमा दर्ता भएका ज्ञात इबोला सङ्क्रमितको सम्पर्क पत्ता लगाउने प्रयासहरू तीव्र भएका छन्, सबै सम्पर्कहरूको ७५ प्रतिशतमा टोली अहिले पुगिसकेको छ ।’

डब्लुएचओले ९५ प्रतिशत सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी सङ्क्रमण फैलिनुबाट रोक्नुपर्ने बताएको छ ।छिमेकी देश युगान्डामा दुई जनाको मृत्यु भएको र १० जना निको भएका छन् । युगान्डामा विगत १२ दिनदेखि कुनै नयाँ सङ्क्रमित फेला परेका छैनन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ८ : १३ बजे

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम