गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा ‘फातसुङ’ « Khabarhub

गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा ‘फातसुङ’


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे ।

भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ । काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन् । उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने ख‍ोजेको तर्क गरिन् । उनले भनिन्, “भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ । राजनीतिक चेतनाको सूत्रधार हो, भाषा । र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन् । त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्त्व दूरगामी छ ।”

कार्यक्रममा संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए । साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनले बताए । ‘यो पुस्तकमा बोल्न नपरेको भए, म आज अपरेसन थिएटरमा हुने थिएँ,’ संग्रौलाले भने, ‘तर पुस्तकमा बोल्नुपर्ने भएपछि मैले सोमबारलाई अपरेसनको समय मिलाएँ ।’ यसबाट पनि यो पुस्तकको महत्ता बुझ्न गाह्रो छैन । दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने उनले बताए ।

सानो समुदाय, लेप्चा यो पुस्तकको नायक हो । नेपालमा राजनीतिक क्षेत्रमा चटके रहे जस्तै गोर्खाल्यान्ड आन्दोलनमा पनि त्यस्ता पात्र रहेको उनले बताए । पुस्तकले यहाँका पात्रहरुको पहिचानलाई पनि उत्तिकै प्राथमिकतासाथ समेटेको उनको भनाइ छ ।

लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे बताए, “‘फातसुङ’ दार्जिलिङको कथा हो । १९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो । त्यस आन्दोलनमा सयौं मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजारौं मान्छेको सपना भत्काइयो । ‘फातसुङ’ त्यही सपनाहरुको कथा हो ।

१९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ । यो कथा त्यही समाजको कथा हो । ‘नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ ? दार्जिलिङ सहर बत्तीको लहर वैकुण्ठ जस्तै छ ।’ के आजको दार्जिलिङ यो गीत जस्तै छ त ? वा दार्जिलिङको कथा अरु नै केही छ त ? त्यही देखाउने कोसिस उपन्यासमार्फत गर्न चाहेको छु ।”

‘फातसुङ’ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ— माटोको कथा । खासमा‘फातसुङ’ धरतीको कथा हो । अर्थात् दार्जिलिङको कथा । यो दार्जिलिङका निम्ति लड्ने दर्जनौं युवाको कथा हो, जसका सपना हराएका छन् । यो ती सुस्केराहरुको कथा हो, जसले आफ्ना उमेर गुमाएका छन् । यो एउटा सहिद सपना पनि हो, जसका निम्ति हजार जीवन चढाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ४ : ४० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी