गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा ‘फातसुङ’ | Khabarhub Khabarhub

गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा ‘फातसुङ’


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे ।

भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ । काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन् । उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने ख‍ोजेको तर्क गरिन् । उनले भनिन्, “भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ । राजनीतिक चेतनाको सूत्रधार हो, भाषा । र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन् । त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्त्व दूरगामी छ ।”

कार्यक्रममा संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए । साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनले बताए । ‘यो पुस्तकमा बोल्न नपरेको भए, म आज अपरेसन थिएटरमा हुने थिएँ,’ संग्रौलाले भने, ‘तर पुस्तकमा बोल्नुपर्ने भएपछि मैले सोमबारलाई अपरेसनको समय मिलाएँ ।’ यसबाट पनि यो पुस्तकको महत्ता बुझ्न गाह्रो छैन । दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने उनले बताए ।

सानो समुदाय, लेप्चा यो पुस्तकको नायक हो । नेपालमा राजनीतिक क्षेत्रमा चटके रहे जस्तै गोर्खाल्यान्ड आन्दोलनमा पनि त्यस्ता पात्र रहेको उनले बताए । पुस्तकले यहाँका पात्रहरुको पहिचानलाई पनि उत्तिकै प्राथमिकतासाथ समेटेको उनको भनाइ छ ।

लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे बताए, “‘फातसुङ’ दार्जिलिङको कथा हो । १९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो । त्यस आन्दोलनमा सयौं मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजारौं मान्छेको सपना भत्काइयो । ‘फातसुङ’ त्यही सपनाहरुको कथा हो ।

१९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ । यो कथा त्यही समाजको कथा हो । ‘नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ ? दार्जिलिङ सहर बत्तीको लहर वैकुण्ठ जस्तै छ ।’ के आजको दार्जिलिङ यो गीत जस्तै छ त ? वा दार्जिलिङको कथा अरु नै केही छ त ? त्यही देखाउने कोसिस उपन्यासमार्फत गर्न चाहेको छु ।”

‘फातसुङ’ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ— माटोको कथा । खासमा‘फातसुङ’ धरतीको कथा हो । अर्थात् दार्जिलिङको कथा । यो दार्जिलिङका निम्ति लड्ने दर्जनौं युवाको कथा हो, जसका सपना हराएका छन् । यो ती सुस्केराहरुको कथा हो, जसले आफ्ना उमेर गुमाएका छन् । यो एउटा सहिद सपना पनि हो, जसका निम्ति हजार जीवन चढाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ४ : ४० बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित