शेखर हसिनाविरुद्धको मुद्दाको सुनुवाइ सकियो | Khabarhub Khabarhub

शेखर हसिनाविरुद्धको मुद्दाको सुनुवाइ सकियो


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा बिहीबार सुनुवाइ पूरा भएको छ। यो मुद्दामा आउँदो नोभेम्बर १३ मा फैसला सुनाइने बंगलादेशका महान्यायाधिवक्ताले बताएका छन्।

हाल भारतमा निर्वासनमा रहेकी हसिनामाथि गत वर्ष जुलाईमा भएको विरोध प्रदर्शनका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप छ।

न्युज एजेन्सी एएफपीका अनुसार, हसिनाको अनुपस्थितिमा जुन १ मा उनीविरुद्ध मुद्दा थालिएको थियो। प्रत्यक्षदर्शीको बयानमा उनले सामूहिक हत्याको आदेश दिएको आरोप लगाइएको थियो।

साक्षीमा एक त्यस्ता व्यक्ति पनि थिए जसको अनुहार गोली लागेर क्षतविक्षत भएको थियो।

एएफपीका अनुसार, अभियोजकले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप पनि बजाएका थिए। त्यसमा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न सिधा आदेश दिएको संकेत थियो।

अदालतसँग अभियोजकले दोषी पाइएमा हसिनालाई मृत्युदण्डको सजाय सुनाउन माग गरेका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : ४९ बजे

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै