बिस्केट जात्रामा अब ढुङ्गा हानाहान नहुने, दिउँसो मात्रै रथ तानिने « Khabarhub

बिस्केट जात्रामा अब ढुङ्गा हानाहान नहुने, दिउँसो मात्रै रथ तानिने


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आगामी २७ गतेबाट भक्तपुरबाट शुरु भई ९ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत भएका छन् ।

हरेक वर्ष ढुङ्गा हानाहान हुने र ज्यानसम्म जाने गरी जात्रा सञ्चालन हुँदा प्रसिद्ध जात्राको नकारात्मक सन्देश गएको भन्दै यसवर्ष जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले कार्यदल समेत गठन गरेको छ ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न कार्यदल गठन गरेको बताउँदै यसवर्ष रथ दिउँसो तान्ने गरी व्यवस्था मिलाएको बताए ।

गुठी संस्थानले दिने सेवा सुविधा कम भएको र गुठीको पूजा ढिलो आउने गरेको भन्दै जात्रा सञ्चालन गर्ने नाइके एवं पूजारीले मुख्य पूजा ढिलो सञ्चालन गर्दा भैरवको रथ तान्न रातपर्ने र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने गरेको छ ।

यसवर्ष यो समस्यालाई समाधान गर्दै दिउँसो २ बजे नै रथ तान्ने व्यवस्था मिलाएको नगरपालिकाको भनाइ छ । जात्रा सञ्चालन गर्ने दिन २७ गते बिहान ७ बजे भक्तपुर नगरपालिका क्षेत्र परिक्रमा गर्ने गरी प्रचारप्रसार सहितको सद्भाव र्‍याली तथा जनचेतनासभा आयोजना गरिने भएको छ ।

जात्राको अवधिमा रथ तानिने मूल सडक, जात्रा हुने स्थान र चोकमा राखिएका भूकम्पले भत्काएका घरका भग्नावशेष एवं निर्माण सामग्री र अन्य सामग्री २५ गतेभित्र हटाइसक्ने भएको छ ।

जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जात्राको पहिलो दिन २७ गते र अन्तिम वैशाख ५ गते तौमढीबाट भैरवनाथको रथ तानेर पूर्वमा बुलबुल हिटी, सुकुलढोकासम्म र पश्चिममा नासमनासम्म मात्र लैजाने गरी सीमा निर्धारण गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

जात्राको समयावधिमा भक्तपुर नगर क्षेत्रका भट्टी पसल तथा मदिरा पसलमाथि निगरानी एवं नियन्त्रण गर्न प्रहरी परिचालन गरिने भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन