महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ « Khabarhub

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको पछिल्लो प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप भएको छ ।

दिनभर शान्तिपूर्ण रूपमा चलेको प्रदर्शन साँझतिर उग्र बनेपछि पेरिस लगायतका शहरहरूमा भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । फ्रान्सको गृहमन्त्रालयका अनुसार प्रदर्शनका क्रममा करिब एक हजार मानिस पक्राउ परेका छन् । दुईजना गम्भीर घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन संगठित अपराध र आतंकवादविरुद्ध खटिने विशेष कुमुक टोली समेत परिचालन गरिएको थियो। केही नकावधारी युवाहरूले कार सोरुमका सिसाहरू फुटाएपछि प्रहरीले लाठीचार्ज गरेको थियो।

राजधानी पेरिस, मार्सेई, लियोँ र बोर्डोलगायत सहरमा प्रदर्शन हिंसात्मक बनेको थियो । मार्सेलीमा बाटो छेक्न सडकका ब्यारिकेडहरूमा आगो लगाइएको थियो भने बोर्डोमा प्रदर्शनकारीहरूले पसलहरूका काठका फल्याकहरू निकालेका थिए ।

मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख १० हजार मानिस प्रदर्शनमा उत्रिएका थिए । यता, मजदुर सङ्गठनहरूले भने करिब आठ लाख मानिस प्रदर्शनमा उत्रिएको दाबी गरेका छन् ।

सम्भावित हिंसा रोक्न देशभर करिब ७० हजार प्रहरी खटाइएको थियो। राष्ट्रपति इम्यानुएल म्याक्रोनले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गरेका थिए ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सरकारको नीतिका कारण जनताले सास्ती भोग्नु परेको र महंगीका कारण जीवनयापन कष्टकर बनेको बताएका छन्।

गत साताको हिंसा फ्रान्सको आधुनिक इतिहासकै सबैभन्दा खराब अशान्तिको रूपमा हेरिएको थियो । उक्त घटनामा फ्रान्सभर दुई हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका थिए । वाणिज्य तथा उद्योग सङ्घका अनुसार क्षति सयौँ मिलियन युरो बराबर पुगेको अनुमान छ । घटनामा करिब एक हजार प्रहरी घाइते भएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ९ : १६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा