सैनिक मञ्च टुँडिखेलमा सेनाको अश्वकला प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

सैनिक मञ्च टुँडिखेलमा सेनाको अश्वकला प्रदर्शन (फोटो फिचर)


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ । घोडेजात्राका अवसरमा म्युजिकल राइड, ‘शो जम्प’, तालिमप्राप्त कुकुरहरुको कला प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा  कुकुरले प्राथमिक उपचार, कुहिने र नकुहिने फोहर सङ्कलनको गरेको दृश्य समेत देखाइएको थियो ।

जात्राका अवसरमा आयोजना गरिएका म्युजिकल राइड प्रतियोगितामा प्रथम भएका सहसेनानी राजेश श्रेष्ठ र द्धितीय स्थान प्राप्त गर्ने सहसेनानी अजयजङ्ग सुवेदी, ‘शो जम्प’मा प्रथम र द्धितीय स्थान प्राप्त गर्ने क्रमशः ओमप्रसाद यादव र जगदिश घिसिङलाई  राष्ट्रपतिले पुरस्कार प्रदान गरेकी थिइन् ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ ।

कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । राष्ट्रपति भण्डारी कार्यक्रमस्थल पुग्दा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

 

 

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : १२ बजे

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी

काठमाडौं– नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

गण्डकीमा आयोजना बैंक सञ्चालनमा, स्रोतसँगै बजेट पनि खुम्चिने 

पोखरा– गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा

‘जार’का निर्देशक फुर्बाको दाबी- विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म 

काठमाडौं– आगामी वैशाख २६ बाट फिल्म ‘जार’ प्रदर्शनमा आउँदैछ ।