खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित | Khabarhub Khabarhub

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चमा दुर्गानाथ सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

शुक्रबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासि सुवेदीले ५५ मत प्राप्त गरे। अर्का अध्यक्ष का प्रत्यासी प्रकाश तिमल्सिनाले ४१ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा सञ्जीव सिल्पकार निर्विरोध चुनिँदा उपाध्यक्षमा ध्रव कुमार तुलाधर र निरंजन अधिकारी निर्वाचित भए।

निर्वाचनबाट महासचिवमा प्रज्वल ओली निर्वाचित भएका हुन्। त्यस्तै, सचिवमा गोविन्द रेग्मी विजयी हुँदा कोषाध्यक्षमा अञ्जन खड्का निर्विरोध चुनिए।

सदस्यहरुमा हिम बिक्रम केसी, दिल तामाङ र अनिल मल्ल ठकुरी निर्वाचित भए भने महिला सदस्यमा मुना कार्की निर्विरोध छानिइन्
११ जनाको कार्यसमितिमा ३ जना निर्विरोध छानिएका हुन्। नेपाल खेलकुद पत्रकार मञ्चमा ९८ सदस्य रहेका छन्। निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : २८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले