संविधानले सबै जातजातिको अधिकार सुनिश्चित गरेको छ : नेता नेपाल « Khabarhub

संविधानले सबै जातजातिको अधिकार सुनिश्चित गरेको छ : नेता नेपाल


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताउएका छन् ।

कैथबनियाँ सेवा समाजको दोस्रो राष्ट्रिय महाधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै नेपालले संविधानले १३६ जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताए । आफ्नो इतिहासप्रति गौरव बोध गर्दै सबैले मिलेर समृद्धिको बाटोमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताए । उनले  विभिन्न जातजातिको रङविरङको सुन्दरतालाई बचाउनु जरूरी रहेको बताए ।

समाजमा दाइजोका कारण छोरीसँग विभेद गर्ने मनोदशामा परिवर्तनका लागि छोरीलाई पढाउनुपर्ने खाँचो औल्याउँदै नेता नेपालले देश नयाँ युगमा प्रवेश गरेको अवस्थामा पनि कुरीति कायम रहनु चिन्ताको विषय भएको धारणा राखे ।

छोरालाई सम्मान र छोरीलाई अपमान नगरी दुवैलाई समान व्यवहार र संस्कार दिनु अपरिहार्य भइसकेको भन्दै उनले प्रेम र सद्भावसँगै सामाजिक सौहार्दता कायम राख्नुपर्ने तर्क गरे ।

नेता नेपालले प्रगतिप्रति वैरभाव र सङ्कीर्णभाव नराखी नयाँ सोच, जागरणसँगै सुसंस्कृति र संस्कारलाई जीवन्त राख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो र रामआशीष यादवले कुनै पनि समुदायले हीन भावना नराखी सामाजिक कुरीतिको अन्त्य गर्न एकजुट हुुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : ४५ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा