संविधानले सबै जातजातिको अधिकार सुनिश्चित गरेको छ : नेता नेपाल « Khabarhub

संविधानले सबै जातजातिको अधिकार सुनिश्चित गरेको छ : नेता नेपाल


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताउएका छन् ।

कैथबनियाँ सेवा समाजको दोस्रो राष्ट्रिय महाधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै नेपालले संविधानले १३६ जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताए । आफ्नो इतिहासप्रति गौरव बोध गर्दै सबैले मिलेर समृद्धिको बाटोमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताए । उनले  विभिन्न जातजातिको रङविरङको सुन्दरतालाई बचाउनु जरूरी रहेको बताए ।

समाजमा दाइजोका कारण छोरीसँग विभेद गर्ने मनोदशामा परिवर्तनका लागि छोरीलाई पढाउनुपर्ने खाँचो औल्याउँदै नेता नेपालले देश नयाँ युगमा प्रवेश गरेको अवस्थामा पनि कुरीति कायम रहनु चिन्ताको विषय भएको धारणा राखे ।

छोरालाई सम्मान र छोरीलाई अपमान नगरी दुवैलाई समान व्यवहार र संस्कार दिनु अपरिहार्य भइसकेको भन्दै उनले प्रेम र सद्भावसँगै सामाजिक सौहार्दता कायम राख्नुपर्ने तर्क गरे ।

नेता नेपालले प्रगतिप्रति वैरभाव र सङ्कीर्णभाव नराखी नयाँ सोच, जागरणसँगै सुसंस्कृति र संस्कारलाई जीवन्त राख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो र रामआशीष यादवले कुनै पनि समुदायले हीन भावना नराखी सामाजिक कुरीतिको अन्त्य गर्न एकजुट हुुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : ४५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक