कृषि प्रदर्शनीमा ६० लाखको कारोवार  « Khabarhub

कृषि प्रदर्शनीमा ६० लाखको कारोवार 


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भक्तपुरमा आयोजना गरिएको तीन दिने तेस्रो बृहत् कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाको समन्वयमा जिल्ला कृषि सहकारी संघ भक्तपुरले ६२ औँ सहकारी दिवस पारेर गरेको प्रदर्शनीमा च्याउ, आलु, फूल, कृषि औजार, कृषि प्रविधि, कृषि ऋण र बीमालगायत भक्तपुरका नेवारी परम्परागत खानेकुराका परिकार ५० कक्ष राखिएका थिए ।

समापन समारोहमा प्रदेश नं ३ का भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषिमा देशलाई आत्मनिर्भर बनाउन सके देशको विकास हुने बताए । सरकारले कृषिको विकास र प्रवद्र्धनमा विनियोजन गरेको बजेट प्रभावकारी रुपमा कृषकसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले शिक्षित जनशक्तिलाई पनि कृषिमा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष ओमदेवी मल्ल, घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, जिल्ला सहकारी सङ्घ भक्तपुरका अध्यक्ष महेश श्रेष्ठलगायतले कृषकलाई प्रोत्साहन गर्ने गरी सरकार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

मेलामा रु ६० लाखको कारोवार भएको सङ्घका अध्यक्ष सनिश लागेजूले बताए । मेलामा ५० हजारले अवलोकन गरेको उनले जानकारी दिए । कृषिउपजको प्रचारप्रसार एवं प्रतिस्पर्धा गराउँदै उत्कृष्ट कृषिउपज उत्पादन गर्दै आएका कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ५१ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत