कांग्रेसले बोलायो बैठकः कार्यसम्पादन समिति गठनको तयारी « Khabarhub

कांग्रेसले बोलायो बैठकः कार्यसम्पादन समिति गठनको तयारी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शनिबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको छ ।
शनिबार केन्द्रीय कार्यालय सानेपामा अपराह्न १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल हुने पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम गर्छ ।

कांग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन् । कांग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो । तर पार्टीभित्रै विधानविपरीत धेरै संख्या रहेको भनी आलोचना भएपछि विघटन गरिएको थियो ।

यसबाहेक बैठकले पार्टी विधानअर्न्तगतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधानसमेत पारित गर्ने बताइएको छ ।

आगामी चैत्र ५ गतेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिमा मीन विश्वकर्मा, जीवन परियार, इश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।

कांग्रेसले पार्टीको संशोधित नयाँ विधानअनुसार संविधानबमोजिम बन्ने पार्टीका संरचनामा क्रियाशील सदस्यता वितरण विस्तार गर्न अभियान नै चलाउने जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ३२ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग