पूर्वराजा ज्ञानेन्द्र जनताको घर दैलोमा... | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र जनताको घर दैलोमा…


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेटघाट गरेका छन् ।

नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्यतराई र पूर्वी तराईको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेटघाट गरेका हुन् । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए ।

सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले हिजो सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चना गरेका थिए ।

केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा बस्दै आएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पूर्वी नेपाल भ्रमणमा निस्कएका हुन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : २८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास