सुदूरपश्चिममा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ लागू, किसानलाई शतप्रतिशत बिऊ निशुल्क « Khabarhub

सुदूरपश्चिममा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ लागू, किसानलाई शतप्रतिशत बिऊ निशुल्क


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निमार्ण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नारासाथ प्रदेशका सबै ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ । यो कार्यक्रमअन्तर्गत चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले साना सिँचाइ कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत शुरु भइसकेकामा मन्त्रालयमार्फत सञ्चालन हुन लागेको कृषि औजार उपकरण अनुदान र शीत भण्डार गृह निर्माणका लागि कार्यविधि बनिरहेकोे बताए ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत किसानलाई स्यालो ट्युबवेल बोरिङ जडानमा सहयोग उपलब्ध गराउन लागिएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीमा एक/एक शीत भण्डारगृह निर्माण गर्ने लक्ष्य रहेको छ । यस्तै प्रदेशका नौ वटै जिल्लाका किसानलाई तोकिएको मापदण्डका आधारमा पचास प्रतिशत अनुदानमा कृषि औजार उपकरण अनुदान उपलब्ध गराउन लागिएको छ ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएकामा किसानलाई उखु र चैतेधानको बीउ पनि वितरणको प्रक्रिया शुरु गरिएको छ । गहुँको बीउ एक हजार ३१८ हेक्टरमा पुग्ने गरी वितरण गरिएको छ ।

बाढी, डुबान र नदीकटानको जोखिम रोक्नका लागि कैलाली र कञ्चनपुर जिल्लाको बाढी, डुबान र नदीकटानको जोखिम मानिएका क्षेत्रको जग्गामा उखु खेती गर्न यसको बीउसमेत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागिएको प्रवक्ता पोखरेलले बताए । ७०८ हेक्टर क्षेत्रमा उखु खेती गर्ने माग भएकामा चालू वर्षमा २८० हेक्टरका लागि मात्र बीउमा अनुदान दिन सकिने जनाइएको छ ।

दलहन बाली मुङको खेती गर्नका लागि पहिलो पटक मन्त्रालयले यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न लागेको छ । एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न सकिने मापदण्ड बनाइएको छ । ‘एक घर पाँच फलफूल बिरुवा वितरण कार्यक्रम’ अन्तर्गत प्रदेशका सात पहाडी जिल्लामा स्याउ, अम्बा, नास्पती, आरुबखडा, ओखरलगायतका झण्डै ७५ हजार फलफूलका बिरुवा वितरण भइरहेको छ ।

– सिद्धराज भट्ट 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ०८ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी