जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच स्वतन्त्र व्यापारका विषयमा छलफल « Khabarhub

जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच स्वतन्त्र व्यापारका विषयमा छलफल


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो, जापान- जापानका प्रधानमन्त्री सिन्जो आबे तथा जापान भ्रमणमा रहनुभएकी जर्मन चान्सलरबीच सोमबार भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भएको छ ।

जापान र यूरोपेली यूनियनबीच भएको सम्झौता अनुरूप गत शुक्रबारदेखि स्वतन्त्र व्यापार कार्यान्वयनमा आएको छ ।

‘जापान र जर्मनीले स्वतन्त्र तथा खुला आर्थिक प्रणालीलाई स्थापित गर्न र मजबुत पार्न निकटमा रहेर काम गर्नेछन्,’ जापानी प्रधानमन्त्री आबेले मर्केलसँगको भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

मर्केल दुई दिने जापान भ्रमणका लागि सोमबार टोकियो आइपुग्नुभएको छ ।

‘जापानसँगको स्वतन्त्र व्यापार सहमतिले विश्वलाई महत्वपूर्ण सन्देश दिनेछ,’ मर्केलले बताउनुभयो ।

भेटमा जापान र जर्मनीका उच्च अधिकारीबीच बेलायतको इयूबाट हुने बहिर्गमन र यसबाट उक्त षेत्रमा पर्ने प्रभावका कारेमा छलफल भएको थियो । जर्मनी इयूको एक प्रभावशाली सदस्य हो ।

बेलायतमा काम गरिरहेका जापानी कम्पनीबारेमा चासो देखाउँदै आवेले मर्केलसँग भन्नुभयो, ‘बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) सम्झौताबिना नै बेलायतले इयू छोड्नुपर्ने अवस्था आउन दिनुहुन्न । यसबाट विश्वव्यापी अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभाबलाई जोगाउनुपर्छ ।’

बेलायतको हाउस अफ कमन्सले गत जनवरीमा इयूसँग बेलायती प्रधानमन्त्री टरिजा मेले गरेको सम्झौता बेलायतको पक्षमा नभएको भन्दै विफल पारिदिएको थियो । संसदले प्रधानमन्त्रीलाई पुनः वार्ताका लागि जनादेश दिएको छ तर जर्मनी, फ्रान्सलगायत यूरोपेली मुलुक थप वार्ताका लागि तयार देखिएका छैनन् । -सिन्ह्वा

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : २९ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६