एकता प्रक्रिया टुंग्याउन स्थानीय तहमा भेला गर्दै नेकपा « Khabarhub

एकता प्रक्रिया टुंग्याउन स्थानीय तहमा भेला गर्दै नेकपा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहमा अगुवा कार्यकर्ताको भेला गर्ने भएको छ ।

पार्टी एकता भएको लामो समयसम्म गाउँमुखी बन्न नसकेको भन्दै पार्टीकै नेता कार्यकर्ताले गुनासो गरिरहेका बेला पहिलो पटक पार्टीको पालिका भेला हुन लागेको हो । पार्टी एकताका लागि बनेको कार्यदलका संयोजक भैरवसुन्दर श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले जिल्लाका सातै स्थानीय तहमा पार्टीको विशेष अभियानात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टी एकताको सन्देश गाउँ–गाउँमा पु¥याउन, अगुवा कार्यकर्तालाई पार्टी एकता, वर्तमान सरकारले जनताको पक्षमा गरेका कामको जानकारी दिन र सङ्गठन सुदृढीकरण तथा निर्माण अभियानका बारेमा प्रशिक्षण दिन भेला आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

उनले बुधबार हुने पालिकास्तरीय भेलालाई सञ्चालन गर्न केही केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएको बताए ।

नेता श्रेष्ठका अनुसार भेरी नगरपालिकाको भेलाका लागि नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा, छेडागाड नगरपालिकामा केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नलगाड नगरपालिकामा नेता गोविन्दविक्रम शाह, वारेकोट गाउँपालिकामा केन्द्रीय सदस्य रामदीप आचार्य र कुसे गाउँपालिकामा केन्द्रीय सदस्य नीरज आचार्यलाई समन्वय, सहजीकरण र प्रशिक्षण गर्ने नेताको रुपमा तोएिको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ३७ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको