एकता प्रक्रिया टुंग्याउन स्थानीय तहमा भेला गर्दै नेकपा « Khabarhub

एकता प्रक्रिया टुंग्याउन स्थानीय तहमा भेला गर्दै नेकपा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहमा अगुवा कार्यकर्ताको भेला गर्ने भएको छ ।

पार्टी एकता भएको लामो समयसम्म गाउँमुखी बन्न नसकेको भन्दै पार्टीकै नेता कार्यकर्ताले गुनासो गरिरहेका बेला पहिलो पटक पार्टीको पालिका भेला हुन लागेको हो । पार्टी एकताका लागि बनेको कार्यदलका संयोजक भैरवसुन्दर श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले जिल्लाका सातै स्थानीय तहमा पार्टीको विशेष अभियानात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टी एकताको सन्देश गाउँ–गाउँमा पु¥याउन, अगुवा कार्यकर्तालाई पार्टी एकता, वर्तमान सरकारले जनताको पक्षमा गरेका कामको जानकारी दिन र सङ्गठन सुदृढीकरण तथा निर्माण अभियानका बारेमा प्रशिक्षण दिन भेला आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

उनले बुधबार हुने पालिकास्तरीय भेलालाई सञ्चालन गर्न केही केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएको बताए ।

नेता श्रेष्ठका अनुसार भेरी नगरपालिकाको भेलाका लागि नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा, छेडागाड नगरपालिकामा केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नलगाड नगरपालिकामा नेता गोविन्दविक्रम शाह, वारेकोट गाउँपालिकामा केन्द्रीय सदस्य रामदीप आचार्य र कुसे गाउँपालिकामा केन्द्रीय सदस्य नीरज आचार्यलाई समन्वय, सहजीकरण र प्रशिक्षण गर्ने नेताको रुपमा तोएिको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ३७ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द