मेक्सिको सीमाक्षेत्रमा अमेरिकाले थप्यो साढे ३७ सय सेना « Khabarhub

मेक्सिको सीमाक्षेत्रमा अमेरिकाले थप्यो साढे ३७ सय सेना


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप ३ हजार ७ सय अमेरिकी सेना परिचालन गरेको छ ।

सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरुलाई पठाइएको जनाएको छ ।

सिमा शुल्क उठान र सिमाना रक्षाका लागि कुटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

‘उनीहरुलाई अहिले थप ९० दिनका लागि खटाइएको छ, सुरक्षा निकायहरूको सिफारिसका आधारमा फेरि निरन्तरता दिन पनि सकिनेछ, देशको दक्षिणी सिमानाको रक्षाका लागि उनिहरुलाई खटाइएको हो,’ वक्तव्यमा लेखिएको छ ।

मेक्सिकोमा सिमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले विमति जनाएपछि सम्झौताको प्रयास भइरहेका वेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक पटक गर्दै आउनुभएको छ ।

पर्खाल लगाउनका लागि कोषको व्यवस्था नगरेमा राष्ट्रिय सङ्कट घोषणा गर्ने पनि उहाँले बताउनुभएको छ ।

उहाँले सन् २०१६ मा भएको राष्ट्रपतिय निर्वाचनका बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने चुनावी एजेण्डा मुख्य बनाउनु भएको थियो ।

उहाँको यो एजेण्डालाई कार्यान्वयन गर्नका लागि संसदलाई छलेर गर्न सक्ने अवस्था छैन भने संसदले पनि यसलाई स्वीकार्न सकेको छैन । राष्ट्रपति ट्रम्पका लागि यो विषय निकै चुनौती बन्दै गएको छ । -सिन्ह्वा

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ४३ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन