अमेरिका जान चाहनुहुन्छ ? यी हुन् भिसा लाग्ने आधार र योग्यता « Khabarhub

अमेरिका जान चाहनुहुन्छ ? यी हुन् भिसा लाग्ने आधार र योग्यता


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विश्वकै महाशक्ति राष्ट्र अमेरिकाको भ्रमण भिसा (प्रवेशाज्ञा) प्राप्त गर्नु गरीब देशहरुका नागरिकका लागि झन्झटको विषय रहिआएको छ ।

भिसा प्राप्त गर्ने योग्यता हुँदाहुँदै पनि सानो गल्तिका कारण आवेदक भिसा प्राप्त गर्न अयोग्य हुन सक्छन् । भिसाका लागि व्यवसायीक र व्यापारीक हैसियत, ख्याती, भ्रमणका लागि प्रशस्त पैसा रहेको आधार र फर्केर आउने सुनिश्चितता खोज्छन् ।

अमेरिकी अध्यागमन र राष्ट्रियता ऐनले तोकेको योग्यता दूतावासका भिसा अधिकारीसमक्ष पुष्टि गर्न सकेपछि मात्र अमेरिकाको पर्यटन भिसा प्राप्त गर्न सकिन्छ ।

खासगरी भिसा जारी गर्दा तपाईंको व्यवसायीकता, ख्याती, आर्थिक हैसियत, जानुपर्ने आधार, फर्केर आउने सुनिश्चिततालाई केन्द्रमा राखेर निर्णय लिइन्छ । आफ्नो यात्राको पुष्टि गर्दा निम्न लिखित बुँदाहरु भिसा कन्सुलरलाई प्रस्टाउन सक्नुपर्छ ।

– अमेरिका भ्रमण गर्नुको उद्देश्य के हो ? तपाईं व्यापार गर्न चाहनुहुन्छ, पर्यटनका लागि, उपचार गर्न या अन्य के कामले अस्थायी भ्रमणको जरुरी छ ?

– तपाईं जानैपर्ने कुनै विशिष्ट कारण र भ्रमण अवधिको मूल्यांकन ।

– तपाईंको अमेरिका भ्रमणको खर्चको आधार र प्रमाण ।

– तपाईंको अमेरिकासँगको बाध्यकारी सामाजिक वा आर्थिक सम्बन्ध , भिसा कन्सुलरलाई तपाईं फर्कनुहुन्छ भन्ने सुनिश्चित हुनु आवश्यक छ ।

– कुनै व्यक्तिको आफ्नो घरायसी काम गर्ने कर्मचारीहरु जल या हवाइ चालक दलका सदस्यहरु पनि भिसाका लागि योग्य हुन्छन् ।

केही विदेशी नागरिकहरूलाई अध्यागमन र राष्ट्रियता ऐन अनुसार भिसाको लागि अयोग्य हुन सक्छन् ।

तपाईंले अध्यागमन, राष्ट्रियता ऐन र भिसा अयोग्यताको बारेमा थप जानकारीका लागि खबरहबलाई निरन्तर हेर्दै गर्नुहोला । यी र यस्तै विविध विषमा पाठकलाई हामी निरन्तर जारकारी प्रदान गर्ने छौं ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ४ : २१ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले