‘समर लभ’ हेर्न उपन्यास बिर्सिनुपर्ने ! « Khabarhub

‘समर लभ’ हेर्न उपन्यास बिर्सिनुपर्ने !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र निर्देशक मुस्कान ढकालको दौडधूप बढेको केही समय भयो । आउँदो शुक्रवार अर्थात् माघ २५ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘समर लभ’ ले उनलाई निकै व्यस्त बनाइदिएको छ । यो फिल्म सुबिन भट्टराईको ‘बेस्ट सेलर’ उपन्यास ‘समर लभ’ मा आधारित छ । फिल्मको प्रचार पुग्ने उद्देश्यले उनी निरन्तर रुपमा पत्रकार भेटघाटमा समेत सक्रिय छन् ।

सोमबार भेटिएका निर्देशक ढकालले पत्रकारसँग कुरा गर्दै दर्शकले फिल्मका पात्र उपन्यासको पात्रसँग नमिलेको भन्ने आरोप लगाएको स्वीकारे । उनले भने, ‘उपन्यासका पात्रको जसरी लेखकले वर्णन गर्नुभएको छ, त्यो आधारमा हरेक पाठकले पात्र निर्माण गर्ने तरिका फरक हुन्छ, हो तर हामीले उपन्यासका पात्रलाई अझ सुहाउँदो बनाउन सकिन्थ्यो ।’

फिल्ममा अतीत र सायाको भूमिकामा आशिष पिया र रेवती क्षेत्रीले अभिनय गरेका छन् । निर्देशकले आफूले चाहेजस्तो पात्र नभेट्दा र केही पात्रले तीन चरणको मिटिङ गरिसकेपछि पनि केही नायिकाले खेल्न असहज मानेकाले भारतमा बस्ने नायिकालाई अभिनय गराउनु परेको उनले बताए ।

पाठकलाई उपन्यासले दिएको सन्तुष्टि फिल्मले पूरा गर्ला त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हरेक पाठकले उपन्यासको पात्रलाई फरक रुपमा लिनुभएको हुन्छ, मेरो भिजनमा पनि पात्रहरु पक्कै फरक छन्, फिल्म हेर्दा एकछिन उपन्यासलाई भुल्ने हो भने यो फिल्म उत्कृष्ट छ, यसमा ढुक्क छु ।’

फिल्ममा पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् । यस्तै फिल्ममा अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायांकन छ भने नम्रता सापकोटा, शिशिर भण्डारी, नम्रता सापकोटा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

रिलिज गरिएका गीत र ट्रेलरले राम्रै हाइप बनाएको छ । उपन्यासले भने खासगरी युवा पाठकबाट निकै राम्रो हाइप बटुलेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १२ : १३ बजे

लोमसबाट उत्पादित सेटोफेन न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिबाट उत्पादित प्यारासिटामोल ट्यावलेट

पहिलो ओभरमै चितवनलाई धक्का, रन खाता नखोली दीपक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

माइतीघरमा जेन-जी सहिदको सम्झनामा मौन धारण (तस्बिरहरू)

काठमाडौं– जेन-जी २.0 को आयोजनामा माइतीघरमा सहिदहरूको सम्झनामा मौन धारण

इमरान खानको अवस्थाबारे छोरा कासिमले मागे सरकारसँग प्रमाण

इस्लामाबाद- पाकिस्तानमा तनाव चुलिँदै गएको छ। पूर्वप्रधानमन्त्री इमरान खानका छोरा

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ