‘गोपी’ लाई दर्शकले किन साइड लगाए ? | Khabarhub Khabarhub

‘गोपी’ लाई दर्शकले किन साइड लगाए ?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘गोपी’ निर्माण हुने औपचारिक घोषणा भएदेखि नै चर्चामा रह्यो । समीक्षकहरुले फिल्म बनाउन लागेकाले पनि यसको चर्चा हुनु स्वभाविक थियो । अभिनेता खगेन्द्र लामिछानेले आफ्नो व्यस्तता देखाउँदै फिल्म नै छोडेपछि चर्चा लम्बिएको थियो ।

खगेन्द्रले छोडेपछि फिल्ममा अर्का अभिनेता विपिन कार्की अनुबन्ध भए । उनले यो फिल्म आफूले एकै बसाइमा पढेर सकेको समेत बताएका थिए । यसकारण पनि फिल्म कस्तो बन्ला भन्ने धेरैमा कौतूहलता जाग्नु स्वभाविक थियो ।

तर, फिल्म निर्माण भएर बजारमा आइसक्दा चाहिँ दर्शकले यसलाई सीधै पाखा लगाइदिएका छन् । प्रचारमा पनि राम्रै खटिएको यो फिल्मलाई दर्शकले मात्र हैन, समीक्षकले पनि रुचाएनन् । फिल्मको ब्याकग्राउण्ड म्युजिकदेखि कथासम्म दर्शकले मन पराएनन् ।

गोपीको ट्रेलरमा विपिन कार्की र सुरक्षा पन्त

फिल्मले उठाएको विषयवस्तु राम्रो भएपनि फिल्मको मेकिङ सन्तोषजनक समेत नभएको दर्शकले मात्र होइन, समीक्षकले समेत लेखे ।

कहाँ चुक्यो त फिल्म?

समीक्षक समेत रहेका फिल्म पत्रकार सामीप्यराज तिमल्सेनाले लेखेको यो फिल्म अर्का समीक्षक तथा ‘घामपानी’ निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यो फिल्मको कथा सामान्य किसानको उठाइएको त छ तर त्यसको प्रस्तुतिमा खासै ध्यान दिइएको छैन ।

फिल्म जसरी अगाडि बढ्दै जान्छ, त्यसले दर्शकलाई कुनै रुचि जगाउन सक्दैन ।

अर्कातिर फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतको अभिनय पनि औसत मात्र छ । फिल्मका संवाद पनि पात्र सुहाउँदा लाग्दैनन् ।

जसका कारण फिल्मले दर्शकको ध्यान तान्न सकेन । अर्कातिर फिल्मको ट्रेलर र यसअघि सार्वजनिक गरिएका गीतहरुले पनि फिल्मप्रति दर्शकको ध्यान तान्न सकेका थिएनन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १२ : २८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले