‘गोपी’ लाई दर्शकले किन साइड लगाए ? « Khabarhub

‘गोपी’ लाई दर्शकले किन साइड लगाए ?


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘गोपी’ निर्माण हुने औपचारिक घोषणा भएदेखि नै चर्चामा रह्यो । समीक्षकहरुले फिल्म बनाउन लागेकाले पनि यसको चर्चा हुनु स्वभाविक थियो । अभिनेता खगेन्द्र लामिछानेले आफ्नो व्यस्तता देखाउँदै फिल्म नै छोडेपछि चर्चा लम्बिएको थियो ।

खगेन्द्रले छोडेपछि फिल्ममा अर्का अभिनेता विपिन कार्की अनुबन्ध भए । उनले यो फिल्म आफूले एकै बसाइमा पढेर सकेको समेत बताएका थिए । यसकारण पनि फिल्म कस्तो बन्ला भन्ने धेरैमा कौतूहलता जाग्नु स्वभाविक थियो ।

तर, फिल्म निर्माण भएर बजारमा आइसक्दा चाहिँ दर्शकले यसलाई सीधै पाखा लगाइदिएका छन् । प्रचारमा पनि राम्रै खटिएको यो फिल्मलाई दर्शकले मात्र हैन, समीक्षकले पनि रुचाएनन् । फिल्मको ब्याकग्राउण्ड म्युजिकदेखि कथासम्म दर्शकले मन पराएनन् ।

गोपीको ट्रेलरमा विपिन कार्की र सुरक्षा पन्त

फिल्मले उठाएको विषयवस्तु राम्रो भएपनि फिल्मको मेकिङ सन्तोषजनक समेत नभएको दर्शकले मात्र होइन, समीक्षकले समेत लेखे ।

कहाँ चुक्यो त फिल्म?

समीक्षक समेत रहेका फिल्म पत्रकार सामीप्यराज तिमल्सेनाले लेखेको यो फिल्म अर्का समीक्षक तथा ‘घामपानी’ निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यो फिल्मको कथा सामान्य किसानको उठाइएको त छ तर त्यसको प्रस्तुतिमा खासै ध्यान दिइएको छैन ।

फिल्म जसरी अगाडि बढ्दै जान्छ, त्यसले दर्शकलाई कुनै रुचि जगाउन सक्दैन ।

अर्कातिर फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतको अभिनय पनि औसत मात्र छ । फिल्मका संवाद पनि पात्र सुहाउँदा लाग्दैनन् ।

जसका कारण फिल्मले दर्शकको ध्यान तान्न सकेन । अर्कातिर फिल्मको ट्रेलर र यसअघि सार्वजनिक गरिएका गीतहरुले पनि फिल्मप्रति दर्शकको ध्यान तान्न सकेका थिएनन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १२ : २८ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त