भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी « Khabarhub

भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासुदेव पौडेल/पोखरा- पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हिँडेको २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा)ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट(बिटिएम)मा सहभागी हुनेछ ।

बिटिएममा सहभागिताका साथै त्यहाँका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्ष वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा पोखरा पर्यटन परिषद् र इथवाबीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षरसमेत भएको थियो । सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का तत्कालीन अध्यक्ष सोम थापा र इथवाका अध्यक्ष सुवासजी चक्रवर्तीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतका विषय समेटिएको थियो ।

भारतका उत्तरपूर्वी राज्यबाट पोखरा आउने क्रम पनि वर्षेनी बढ्दै गएको जानकारी दिँदै अध्यक्ष पोखरेलले नेपाली भाषीको बाहुल्य रहेको त्यो ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताउनुभयो ।

आगामी माघ २७ गतेसम्म हुने प्रवद्र्धनात्मक भ्रमणमा भारतको सिलगुडी, गुवाहाटीलगायतका शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरिने छ । प्रवद्र्धन टोलीलाई पोखरा विमानस्थलमा बिदाइ गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले पोखरामा भारतीय पर्यटकको आगमनका साथै बसाई लम्ब्याउन कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष केदारनाथ शर्माले दुई ठूला मित्रराष्ट्र चीन र भारतका पर्यटकलाई अधिकतम रूपमा नेपालमा आकर्षण गर्नसके मात्र पनि यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाका अनुसार उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिकरूपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् ।

नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्याङ्कले देखाउँछ । सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका थिए ।

नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेका कारण उत्तरपूर्वी भारतमा हुने प्रवद्र्धनात्मक कार्यक्रमलाई अत्यधिक महत्वका साथ हेरिएको छ ।

नेपाल सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने योजना सार्वजनिक गरिरहँदा गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा नै २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । पर्यटकीय गतिविधि बढाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रूपमा लिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : १७ बजे

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो

तेहरान- इरानमा गत जनवरीमा भएको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको हत्या

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

सिरहा– लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह