पीपलका रुख काट्न नदिँदा मध्यपहाडी लोकमार्ग निर्माणमा अवरोध « Khabarhub

पीपलका रुख काट्न नदिँदा मध्यपहाडी लोकमार्ग निर्माणमा अवरोध


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो ।

तेह्र किमीको उक्त खण्डमा १० किमी सडक ‘ग्राबेल’ भइसके पनि बाँकी तीन किमीको काम रोकिएको छ ।अवरोध हटेमा आउँदो जेठभित्रै कालोपत्र गर्न ठेकेदार कम्पनी तयार छ । अबरोध भएका ठाउँ छाडेर बीचबीचमा कालोपत्र गर्न नमिल्ने सिद्धीसाई प्रकाश कन्सट्रक्सनका सहायक प्रमुख पुष्पकुमार शाहीले बताए ।

“अवरोध तत्काल हट्नुपर्छ, आयोजनाको यसमा ध्यान जाओस्’ उनले, “हामी वैशाख, जेठभित्रै कालोपत्र गर्न तयार छौँ ।” उनकाअनुसार सडक विस्तारका लागि १०/१२ घरटहरा हटाउनुपर्ने अवस्था छ ।

यस्तै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाका पाइपले पनि काममा समस्या निम्त्याएको छ । आयोजनाले सडक खन्दा क्षति भएका पाइप किन्न र ठाउँ सार्न संस्थालाई रु ३३ लाख बुझाइएको थियो ।

ठेकेदार कम्पनीले संस्थाले बेलैमा काम नगरेको आरोप लगाएको छ । “दुईसय मिटर जतिमा अझै पाइप सार्न बाँकी छ”, ठेकेदार कम्पनीका सुपरभाइजर गणेश सुवेदीले भने । केही ठाउँमा स्थानीय खानेपानी आयोजनाका ट्याङ्कीसमेत हटाउनुपर्ने देखिएको छ ।

संस्थाका प्रबन्धक हिमाल शर्माले पहिले सहमति भएअनुसार पाइप सार्ने काम सकिएको बताए । “अझै केही ठाउँमा सार्नुपर्ने देखिएको छ”, उनले भने, “आयोजनाले थप बजेट या पाइप उपलब्ध गराए तत्काल काम हुन्छ ।”

सोही खण्डमा पर्ने बिजुलीका खम्बा सार्न आयोजनाले विद्युत् कार्यालयलाई रु आठ लाख उपलब्ध गराएको थियो । बागलुङ–अछेते खण्डमा खम्बा हटाइएको र अछेतेदेखि–बयलडाँडा खण्डमा खम्बा हटाउन बाँकी छ ।

मुआब्जा र क्षतिपूर्तिको टुङ्गो समयमै नलाग्दा मापदण्ड विपरीतका संरचना हटाउन ढिलाइ भएको हो । लोकमार्गका इञ्जिनीयर सरोज ढकालले अब काम नरोकिने बताए ।  “धेरैको क्षतिपूर्ति आएसकेको छ, केहीको आउन बाँकी छ”, उनले भने, “विवादित घरजग्गासँगै अन्य अवरोध हटाएर काम अघि बढाउँछौँ ।”

लोकमार्गको बिहुँ–घोडाबाँधे खण्डमा पनि कालोपत्रका लागि तयारी गरिएको छ । उक्त खण्ड निर्माणको जिम्मा ‘सुर्य कन्सट्रक्सन’ले लिएको छ । सडक विस्तार, नाली, पर्खाल र ‘ग्राबेल’को काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । दुवै खण्डको ठेक्का सम्झौताको म्याद आउँदो माघ सम्म छ ।

जिल्लाको पश्चिम क्षेत्रमा लोकमार्ग कालोपत्रे भइसक्दा पनि सदरमुकामसँग जोडिएको खण्ड अझै कच्ची छ । पश्चिम बुर्तिबाङदेखि पूर्वी रुकुमको सीमा पातीहाल्नेसम्म ४५ किमी सडक पनि कालोपत्र हुन बाँकी छ ।

उक्त खण्डको निर्माण ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काई’ ठेकेदार कम्पनीको जिम्मामा छ । घोडाबाँधे–बुर्तिबाङ ६४ किमी भने कालोपत्रे भइसकेको छ । यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा लोकमार्गको बागलुङ खण्ड पूरै कालोपत्रे हुने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : २२ बजे

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

रातभर लगाएर एमालेको महाधिवेशनस्थल तयार, प्रतिनिधिहरूको चहलपहल सुरु

भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको

महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न

काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको