रवि ओडले भने – बाध्यताले ‘सालको पात…’ गाउनुपर्‍यो « Khabarhub

रवि ओडले भने – बाध्यताले ‘सालको पात…’ गाउनुपर्‍यो


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेको सर्वाधिक लोकप्रिय गीत ‘सालको पात टपरी’ का संगीतकार बसन्त थापाले ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडलाई गीत सिकेर गाउन भन्दै दिएको अभिव्यक्तिपछि ओडले आफूले यो गीत बाध्यतामा परी विना तयारी गाउनुपरेको बताएका छन् ।

रवि ओडका फ्यानले संगीतकार बसन्त थापालाई गाली गरिरहेका बेला ओडले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै आफूले यो गीत दर्शकको मागका कारण बाध्यतामा गाउनुपरेको बताएका हुन् ।

‘अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत ‘सालको पात टपरी…’लाई बङ्ग्याउने, होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन’, ओडले फेसबूकमा लेखेका छन्, ‘सबैको मुखमा झुण्डिएको गीतलाई अचानक स्रोता, दर्शकबाट माग भइ आउँदा श्रद्धापूर्वक गाउने प्रयास मात्र गरेको हुँ ।’

उनले धरातल र पृष्ठभूमि नभुलेको र कहिल्यै नभुल्ने बताउँदै संगीतको विद्यार्थी भएकाले संगीत सिकिरहेको समेत लेखेका छन् ।

रविले अस्ट्रेलियाको एक स्टेज कार्यक्रममा नेपालीमाझ यो गीत गाएका थिए । उनले गाएको गीत युट्युब प्रयोगकर्ताले युट्युबमा अपलोड गरेका थिए । उक्त गीतको वास्तविक मर्मलाई नै बिगारेर गाएको भन्दै संगीतकार बसन्त थापाले रविलाई गीत सिकेर गाउन आग्रह गरेका थिए ।

यस्तो छ रवि ओडको फेसबूक स्टाटसः

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले