मनोरञ्जन

रवि ओडले भने – बाध्यताले ‘सालको पात…’ गाउनुपर्‍यो

By खबरहब

February 05, 2019

काठमाडौं– अहिलेको सर्वाधिक लोकप्रिय गीत ‘सालको पात टपरी’ का संगीतकार बसन्त थापाले ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडलाई गीत सिकेर गाउन भन्दै दिएको अभिव्यक्तिपछि ओडले आफूले यो गीत बाध्यतामा परी विना तयारी गाउनुपरेको बताएका छन् ।

रवि ओडका फ्यानले संगीतकार बसन्त थापालाई गाली गरिरहेका बेला ओडले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै आफूले यो गीत दर्शकको मागका कारण बाध्यतामा गाउनुपरेको बताएका हुन् ।

‘अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत ‘सालको पात टपरी…’लाई बङ्ग्याउने, होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन’, ओडले फेसबूकमा लेखेका छन्, ‘सबैको मुखमा झुण्डिएको गीतलाई अचानक स्रोता, दर्शकबाट माग भइ आउँदा श्रद्धापूर्वक गाउने प्रयास मात्र गरेको हुँ ।’

उनले धरातल र पृष्ठभूमि नभुलेको र कहिल्यै नभुल्ने बताउँदै संगीतको विद्यार्थी भएकाले संगीत सिकिरहेको समेत लेखेका छन् ।

रविले अस्ट्रेलियाको एक स्टेज कार्यक्रममा नेपालीमाझ यो गीत गाएका थिए । उनले गाएको गीत युट्युब प्रयोगकर्ताले युट्युबमा अपलोड गरेका थिए । उक्त गीतको वास्तविक मर्मलाई नै बिगारेर गाएको भन्दै संगीतकार बसन्त थापाले रविलाई गीत सिकेर गाउन आग्रह गरेका थिए ।

यस्तो छ रवि ओडको फेसबूक स्टाटसः