इस्लामिक स्टेट फर्किन सक्छ: पेन्टागन « Khabarhub

इस्लामिक स्टेट फर्किन सक्छ: पेन्टागन


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय पेन्टागनले सिरिया र इराकमा आतंकवादी संगठन इस्लामिक स्टेट फर्किनसक्ने जनाएको छ । पेन्टागनले एक प्रतिवेदन सार्वजनिक गर्दै अबको ६ महिनादेखि एक वर्षभित्रमा इस्लामिक स्टेटले पुनरागमन गर्नसक्ने उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट पराजित भइसकेको भन्दै त्यहाँ रहेका आफ्ना २ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेको केही समयपछि पेन्टागनको यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।

सिरिया र इराकमा आवश्यक सैनिक दबाब कम हुँदै जाँदा इस्लामिक स्टेटले पुनरागमन गर्ने संभावना बढ्दै जाने पेन्टागनले जनाएको छ ।
इस्लामिक स्टेटले आफ्नो पुनरागमन गर्ने तयारी तीव्र पार्दै गएपनि त्यस क्षेत्रमा आवश्यक प्रतिआतंकवादी नीति तथा कार्यक्रम नहुँदा त्यसले इस्लामिक स्टेटलाई फाइदा पुगिरहेको पेन्टागनको प्रतिवेदनमा लेखिएको छ ।

कुनै समय सिरिया र इराकको ठूलो भूभागमा कब्जा जमाएको इस्लामिक स्टेट अहिले सिरियाको डिएर इजजोर प्रान्तमा केही वर्गकिलोमिटरमा सिमित छ ।

तस्वीर– टेररमनिटर डट ओआरजी

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५८ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड