अनमोल र भुवनसँगै निरुताले नाचे, ‘क्याप्टेन’ को गीत खिचियो (फोटो फिचर) « Khabarhub

अनमोल र भुवनसँगै निरुताले नाचे, ‘क्याप्टेन’ को गीत खिचियो (फोटो फिचर)


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसी खेलाडीको भूमिकामा देखिएको ‘क्याप्टेन’ को चर्चा छ यतिबेला । केही दिनअघि मात्र ट्रेलर रिलिज गरेर चर्चा कमाएको यो फिल्मको गीत छायांकनका केही तस्वीर बाहिरिएका छन् ।

सोमवार ललितपुरमा रहेको एक पार्टी प्यालेसमा पुग्दा बत्तीको उज्यालोमा अनमोल केसी अभिनित फिल्मको गीत छायांकन भइरहेको थियो । शूटिङका लागि अनमोल इशान लेखिएको जर्सी लगाएर फुटबल खेलिरहेका थिए ।

गीत छायांकनका लागि प्यालेसलाई विशेष रुपमा सजाइएको थियो । ‘कर्ली कर्ली’ बोलको गीतको छायांकन गर्न त्यहाँ अनमोल केसी मात्र उपस्थित थिएनन् । भुवन केसी र निरुता सिंह पनि थिए ।

एसडी योगी र मेलिना राईले गाएको यो गीतमा योगीकै शब्द र संगीत छ । उक्त गीतको कोरियोग्राफी रेनाशा बान्तवा राईले गरेकी छिन् ।
गीतमा अनमोलसँगै भुवन केसी र निरुता सिंह पनि नाचेका छन् । आउँदो फागुन १७ गतेबाट रिलिज हुने यो फिल्ममा अनमोल केसी शीर्ष भूमिकामा छन् भने उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् भने चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।

तस्वीर: निर्माण टिम

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ३ : ५६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने