अमेरिकी विदेशमन्त्री पम्पेओद्वारा सोनाम ल्होसारको शुभकामना « Khabarhub

अमेरिकी विदेशमन्त्री पम्पेओद्वारा सोनाम ल्होसारको शुभकामना


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विदेशमन्त्री माइकल आर. पम्पेओले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् । अमेरिकी सरकारका तर्फबाट विदेशमन्त्री पम्पेओले नेपाललगायत, भुटान, भारत, चीनसहित विश्वभर सोनाम ल्होसार मनाइरहेका सबैलाई शुभकामना प्रदान गरेका हुन् ।

नेपालस्थित अमेरिकी दूतावासद्वारा जारी सन्देशमा भनिएको छ– ‘नयाँ वर्ष मनाउने क्रममा यस वर्ष तपाईँ, तपाईँका परिवार तथा तपाईँका समुदायहरू एक ठाउँमा भेला हुँदै गर्दा संयुक्त राज्य अमेरिका यहाँहरूको स्थिर साझेदार तथा मित्रका रूपमा रहिरहने विश्‍वास दिलाउन चाहन्छु ।’

फाइल तस्वीर, नेपालस्थित अमेरिकी दूतावास

यसैबीच भेनेजुएलाको विषयलाई लिएर अमेरिका र नेपालबीच सम्बन्ध चिसिएको चर्चा चलिरहँदा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्तरुपमा पर्यटक प्रहरी, अध्यागमन अधिकृत र पर्यटन क्षेत्रका अधिकारीहरुप्रति लक्षित अङ्ग्रेजी तथा कार्यसंचालन सीपसम्बन्धी श्रृङ्खलाबद्ध तालिमको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै राजदूत बेरीले नेपालको अर्थतन्त्र सबल बन्दै गइरहेको र मुलुकले बढीभन्दा बढी विदेशी आगन्तुक भित्र्याइरहेको अवस्थामा अग्रपङक्तिमा रहेकाहरुले अङ्ग्रेजीमा सञ्चार प्रवाह तथा समस्या समाधान गर्नसक्नु अति महत्त्वपूर्ण हुने बताए ।

काठमाडौं, पोखरा, चितवन, र लुम्बिनीमा सञ्चालन गरिने यस श्रृङ्खलाबद्ध तालिमबाट झन्डै १८० अध्यागमन अधिकृत, पर्यटन अधिकारी र पर्यटक प्रहरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ४ : ५६ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण