निकिताले दिइन् राजीनामा, रवि लामिछानेको अभियानमा साथ दिने भनाइ « Khabarhub

निकिताले दिइन् राजीनामा, रवि लामिछानेको अभियानमा साथ दिने भनाइ


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छिन् ।

भोलि (माघ २३) गते देखि लागू हुनेगरि आफूले चलचित्र विकास बोर्डको अध्यक्षको पदबाट राजीनामा दिएको एक विज्ञप्ति जारी गर्दै पौडेलले जनाएकी छिन् ।

‘भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र विकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यू समक्ष राजिनामा पेश गरेकी छु’ विज्ञप्तिमा निकिताले भनेकी छिन्,‘व्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ ।’

२०७४ मंसिर २५ मा तत्कालिन मन्त्रिपरिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएसँगै आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गरेको बताएकी छिन् ।

बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्ना लागि विशेष अवसर भएका बताएकी छिन् ।

विज्ञप्तिमा पौडेलले आफ्नो पछिल्लो तीन महिनाको सम्पूर्ण तलबवापतको रकम पति रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन बताएकी छिन् । पौडेलले पत्रकार रविसँग एक महिनाअघि कोर्ट म्यारिज गरेकी थिइन् ।

आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने उनले विज्ञप्तिमा जनाएकी छिन् ।

चलचित्र विकास बोर्ड को अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि चलचित्र क्षेत्रको हितकालागि आफू सदैव क्रियाशील रहिरहने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ५१ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री

पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने 

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान