निकिताले दिइन् राजीनामा, रवि लामिछानेको अभियानमा साथ दिने भनाइ « Khabarhub

निकिताले दिइन् राजीनामा, रवि लामिछानेको अभियानमा साथ दिने भनाइ


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छिन् ।

भोलि (माघ २३) गते देखि लागू हुनेगरि आफूले चलचित्र विकास बोर्डको अध्यक्षको पदबाट राजीनामा दिएको एक विज्ञप्ति जारी गर्दै पौडेलले जनाएकी छिन् ।

‘भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र विकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यू समक्ष राजिनामा पेश गरेकी छु’ विज्ञप्तिमा निकिताले भनेकी छिन्,‘व्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ ।’

२०७४ मंसिर २५ मा तत्कालिन मन्त्रिपरिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएसँगै आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गरेको बताएकी छिन् ।

बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्ना लागि विशेष अवसर भएका बताएकी छिन् ।

विज्ञप्तिमा पौडेलले आफ्नो पछिल्लो तीन महिनाको सम्पूर्ण तलबवापतको रकम पति रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन बताएकी छिन् । पौडेलले पत्रकार रविसँग एक महिनाअघि कोर्ट म्यारिज गरेकी थिइन् ।

आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने उनले विज्ञप्तिमा जनाएकी छिन् ।

चलचित्र विकास बोर्ड को अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि चलचित्र क्षेत्रको हितकालागि आफू सदैव क्रियाशील रहिरहने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ५१ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण