सञ्चारमाध्यमका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश | Khabarhub Khabarhub

सञ्चारमाध्यमका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

इमेज च्यानल प्रालिका मोहनचन्द्र सिंहले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले निवेदकको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न/नगराउन भनेको छ ।

पत्रकारको न्यूनतम पारिश्रमिकबारे २०७५ असोज ३० गते राजपत्रमा प्रकाशन भएको छ । यस व्यवस्था अनुसार श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको न्यूनतम पारिश्रमिकका २५ प्रतिशत वृद्धि गरी कात्तिक १ गतेदेखि लागू गर्न भनिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ५९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना