मौसमी रोगका बिरामी बढे, भाइरल ज्वरोले एकको मृत्यु « Khabarhub

मौसमी रोगका बिरामी बढे, भाइरल ज्वरोले एकको मृत्यु


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा-जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक बुढाको १८ गते मृत्यु भएको हो ।

हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले जानकारी दिए ।

रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहको भनाइ छ । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्, थप जटिल समस्या आएमा थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

मौसमी रोगका बिरामी बढे

जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताए । अहिले स्थानीयवासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् ।

एकसातादेखि मौसमी रोगका बिरामी उपचारका लागि आउन थालेका छन् । हिजोआज दैनिक १५० झाडापखाल, रुघाखोकी र ज्वरोका बिरामी आइरहेका छन् । मौसमी बिरामी बढी आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । रुघाखोकी तथा भाइरल ज्वरो भाइरसका कारणले हुने रोग हो । यस्तो अवस्थामा एन्टिवायोटिक खानुपर्ने आवश्यकता पर्दैन । भाइरसले शरीरमा कमजोरी गराउने भएकाले आराम गर्न र प्रशस्त झोल कुरा खाएमा चारदेखि पाँच दिनमा विस्तारै निको हुँदै जान्छ ।

झाडापखाला, टाइफाइड ज्वरो भने व्याक्टेरियल (जीवाणु) को कारणले भएको हुँदा यसमा स्वास्थ्य परीक्षणपछि मात्र औषधि खानुपर्छ । धेरैजसो बिरामीले नजिकको औषधि पसलबाट अनुमानको भरमा औषधि खाएको देखिन्छ, यसो गर्नु उचित नभएको स्वास्थ्यकर्मीको भनाइ छ । सामान्य मानिएका मौसमी रोगमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरसफाइ र उचित खानपिनमा ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ८ : ५८ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण