प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू) « Khabarhub

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएसँगै तत्काललाई टरेको छ ।

सोमबार आयोजित जेन-जी प्रदर्शनमा दमन गरेपछि मङ्गलबार निवर्तमान सरकार ढलेको थियो । बुधबार बेलुकीदेखि सुरु भएको अन्तरिम सरकार गठन प्रयास चार दिनपछि शुक्रबार साँझ टुङ्गोमा पुगेको हो ।

देशकी प्रथम महिला प्रधानन्यायाधीश भइसकेकी सुशीला कार्की आजबाट देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई ६ महिना (आगामी फागुन) भित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने शर्तमा प्रधानमन्त्री नियुक्त गरेका हुन्‌ ।

जेन-जी प्रदर्शन क्रममा निर्मम दमन भएपछि भोलिपल्ट मङ्गलबार आक्रोशित अनियन्त्रित भीड राजनीतिक पङ्क्तिमाथि खनिएको थियो । प्रदर्शनमा घुसपैठ गरेको अराजक समूहले नेताहरूको निजी निवासमा समेत आगजनी गरेको थियो ।

सिंहदरबार र बालुवाटारमै आगजनी हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्री र नेताहरूलाई सेनाले उद्दार गरी आफ्नो आश्रयमा राखेको छ ।

त्यसैले; जेन-जी अभियन्तासमेत सहभागी शपथग्रहण समारोहमा डा. बाबुराम भट्टराई बाहेक अन्य प्रधानमन्त्रीहरू उपस्थित भएनन् । न्यायपालिका र प्रशासनका प्रमुखहरू तथा कूटनीतिक निकायमा प्रतिनिधिहरूसामु कार्कीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्‌ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ११ : ०८ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी