सिड्नी-अष्ट्रेलियामा बलात्कार गरी अमेरिका भागेको आरोपमा अमेरिकामा पक्राउ परेका एक नेपालीलाई अष्ट्रेलिया सुपुर्दगी गरेको छ। उनलाई अमेरिकाको न्यूर्योकबाट पक्राउ गरी अष्ट्रेलिया सुपुर्दगी गरिएको हो ।
सन् २०१७ को जुनमा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएका नेपाली युवाले क्लार्टनमा एक महिलालाई बलात्कार गरेको आरोप अष्ट्रेलिया प्रहरीले लगाएको छ ।
न्युयोर्कबाट पक्राउ परेका युवाले २१ बर्षकी युवतीलाई क्लार्टनस्थित अपार्टमेन्टमा बलात्कार गरी केही घण्टामै अमेरिका फर्किएको अष्ट्रेलिया प्रहरीले जनाएको छ ।
अष्ट्रेलियाली प्रहरीले संघीय पक्राउपुर्जी जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो । उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोग लिएर लसएन्जल्स पुर्याई अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो ।
पक्राउ परेका उनलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ । उनलाई विना सहमति यौन सम्पर्क गरी अभद्रता प्रकट गरेको आरोप लगाईएको छ ।
नेपाली युवाले अपराध गरेको ठहर भएका त्यहाँको प्रचलित कानून अनुसार नै कारबाही हुने नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लले बताए । उनलाई नेपाल सुपुर्दगी गर्ने भन्ने विषयमा अष्ट्रेलियास्थित नेपाली दूतावासले पहल गर्नुपर्ने मल्लको भनाई छ।
प्रतिक्रिया