अदालतमा भ्रष्टाचार : ३ लाख घुस लिँदा लिँदै नायव सुब्बा पक्राउ « Khabarhub

अदालतमा भ्रष्टाचार : ३ लाख घुस लिँदा लिँदै नायव सुब्बा पक्राउ


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलाशमा कार्यरत नायब सुब्बा (टाइपिस्ट) घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै नायव सुब्बा कृष्ण कुमार पाठकले सेवाग्राहीसँग घुस मागेका थिए ।

पाठकले घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थ्ति कार्यालयको टोलीले उनलाई घुससहित पक्राउ परेको हो ।

अख्तियारको टोलीले पाठकलाई ३ लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नासु पाठकलाई शनिबार चारबाहिनी चोकस्थित श्री लायर्स च्याम्बरबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ५७ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि